Tuesday 26th November 2024

गैर अवसीय नेपाली संघ, अरसीसी जेद्दा द्वारा साहित्य वाचन कार्यक्रम सम्पन्न ।

6 years अगाडी

ध्रुव रिजाल,

साउदि अरब – १ मार्च २०१९ को दिन गैर अवसीय नेपाली संघ, अरसीसी जेद्दाले त्यस क्षेत्रका बौद्धिक वर्गलाई लक्षित गरी साहित्यिक वाचन कार्यक्रम गरेकोछ । नेपाली महाबाणिज्य दुतावास जेद्दा साउदी अरेवीयाको प्रगणमा आयोजन गरिएको कार्यक्रममा जेद्दा स्थित विभिन्न समाजिक संस्थाका प्रतिनिधि, समाजसेवी बुद्धिजीवी, साथै सर्वसाधारण, महिला, बालबालिकाको बाक्लो उपस्थिति रहेको थियो।

अारसीसी जेद्दाका अध्यक्ष भिम गुरुङकाे सभापतित्वमा संचालन भएकाे कार्यक्रममा प्रमुख अतिथि नेपाली महवाणिज्य दूतावास जेद्दाका का.बा. महावाणिज्यदुत रेवतीरमण पौडेल, बिशिश्ट अतिथिहरु मा श्रम सहचारि राजु कुंवर , उप-बाणिज्यदुत झुपलाल पुन, एनआरएन एनसीसी उपाध्यक्ष ध्रुब रिजाल, अन्तराष्ट्रिय नेपाली साहित्य समाज साउदी अरब च्याप्टरका उपाध्यक्ष अञ्जन पोखरेल थिए भने अथितिहरु क्रमश: नेपाल तामांग घेदुङ साउदी अरबका अध्यक्ष दिल तामांग, नेपाली सेवा समाज जेद्दाका अध्यक्ष दिनेश क्षेत्री, जेद्दा समन्वय समितिका संयोजक पूर्ण कार्की, तमुधि जेद्दाका सल्लाहकार धन बहादुर तमु, नेपाली युवा क्लबका सल्लाहकार नर कुमार मगर आरसीसी पुर्व अध्यक्ष बिष्णु न्यौपाने थिए ।

आरसीसी जेद्दाका उपाध्यक्ष राजकुमार गिरीले संचालन गर्नु भएको कार्यक्रममा स्वागत मन्तब्य समितिका कोषाध्यक्ष राजेश काफ्ले द्वारा उपस्थित सबैलाइ कार्क्रममा स्वागत गर्नु भयो भने एनआरएनए को सदस्यता लिन अनुरोध गर्नुको साथै के कस्ता प्रक्रिया अपनाउनु पर्ने भन्ने बारे समितिका सदस्य रबिन शर्माले जानकरी गराउनु भएको थियो. मनतब्यको क्रममा प्रमुख अतिथि का.बा. महावाणिज्यदुत रेवतीरमण पौडेलले एनआरएन आरसीसी जेद्दाले इतिहासमै पहिलो पटक यस क्षेत्रमा यस प्रकारको कार्यक्रम गरेकोमा धन्यवाद दिदै साहित्य बारेमा आफ्नो धारणा राख्नु भयो । श्रम सहचारी राजु कुँवरले प्रवासमा पनि यस्ता किसिमको कार्यक्रम निरन्तर गर्न सके नेपाली भाषा साहित्यको जगेर्णा गर्न मद्दत पुग्ने भनाइ राख्नु भयो. एनआरएनए एनसीसी उपाध्यक्ष ध्रुब रिजालले यो कार्यक्रम संस्थाको लागी नौलो अभ्यास हो बिशेष यो क्षेत्रको लागी यस कार्यक्रमको मुख्य उदेश्य साहित्य क्षेत्रमा रुची राख्ने सर्जकहरु का लागी एक किसिमको मंच उपलब्ध गराउनु हो र यस कार्यक्रम पछि आउने प्रतिक्रियाले आगामी दिनहरु मा यस्ता कार्यक्रमको निरन्तरता तय गर्ने छ भन्नु भयो. अन्य अतिथिहरु ले आ-आफ्नो छोटो मन्तब्य दिनु भएको थियो ।


कार्यक्रमको प्रमुख आकर्षण साहित्य / रचना वाचनको क्रममा बिष्णु न्यौपानेको रचना वाचन बाट सुरु भएको कार्यक्रममा रेवतीरमण पौडेल, सन्तोष लुइँटेल, रामराधा घिमिरे, राजेश काफ्ले, अञ्जन पोखरेल, दिल बहादुर तमाङ्ग, राज कुमार गिरी, अर्जुन गिरी, प्रेम बराइली, आदित्य पौडेल. दिवस दाहाल, शान्ती तामाङ्ग, गुरास राई, सुमन सलामी मगर, अनिष बम्जन, लाफा मगर, अर्जुन गुरुङ, दिपकराज उपाध्यायले आ-आफ्नो साहित्य रचना वाचन गरेका थिए ।

रचना वाचनको अन्तयमा कार्यक्रमका सभापति, प्रमुख अतिथि, बिशिष्ट अतिथि द्वारा सर्जकहरु लाइ सम्मान गर्दै प्रशंसा-पत्र प्रदान गरिएको थियो ।

कार्यक्रमको अन्तमा सभापति भिम गुरुङले उपस्थित सबैलाइ धन्यवाद दिदै साहित्य वाचनमा उल्लेख्य उपस्थिति र यस क्षेत्रमा नेपाली हरुको चासो, रुची देख्दा भविष्यमा चाडै नै यस किसिमको कार्यक्रम बृहत रुप आयोजना गर्ने इक्षा व्यक्त गर्नु हुदै कार्यक्रम समापन भएको घोषणा गर्नु भयो ।

          March 4, 2019 9:41 pm | प्रवास


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...