नेपाल–भारत चल्ने पानीजहाजको टर्मिनल नवरपरासीमा
काठमाडौं – नेपाल–भारत चल्ने पानीजहाजको टर्मिनल नेपालमा त्रिवेणी व्यारेजनजिक राख्न सकिने सम्भावना दुई देशको प्राविधिक टोलीको अध्ययनले देखाएको छ । नेपालमा पानीजहाजको सम्भावना खोज्न गठित समिति र भारतको अन्तरदेशीय जलमार्ग प्राधिकरण विज्ञ समूहले सोमबार अध्ययन गरी सुस्ता गाउँपालिकामा पर्ने गण्डक नदीको स्पर (ठोकर) नम्बर १२ आसपास तत्कालका लागि टर्मिनल बनाउन सकिने सम्भावित निष्कर्ष निकालेको हो ।
त्रिवेणी व्यारेजको पुलभन्दा तल्लो भागमा स्पर नम्बर १२ आसपास टर्मिनल बनाउन उपयुक्त देखिएको नेपालतर्फको टोलीका संयोजक जल तथा ऊर्जा आयोजनाका सहसचिव माधव बेल्वासेले बताए । भारतीय पक्षले यसबाहेक त्रिवेणी ब्यारेज पुलभन्दा माथिपट्टि नवलपुरको कावासोतीआसपास पनि टर्मिनल बनाउन सकिने जनाएको बेल्वासेले बताए ।
नेपालबाट समितिका संयोजक बेल्वासेसहित परराष्ट्र मन्त्रालयकी रिता धिताल, उद्योग मन्त्रालयका सहसचिव मधु मरासिनी, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका गोपाल सिग्देल, तर्कराज भट्ट, महेश्वर श्रेष्ठलगायत थिए भने भारतबाट अन्तरदेशीय जलमार्ग प्राधिकरणका विज्ञ प्रवीर पाण्डेको नेतृत्वमा नौजनाको टोली थियो ।
March 5, 2019 11:43 am | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन