नेपाल–भारत चल्ने पानीजहाजको टर्मिनल नवरपरासीमा
काठमाडौं – नेपाल–भारत चल्ने पानीजहाजको टर्मिनल नेपालमा त्रिवेणी व्यारेजनजिक राख्न सकिने सम्भावना दुई देशको प्राविधिक टोलीको अध्ययनले देखाएको छ । नेपालमा पानीजहाजको सम्भावना खोज्न गठित समिति र भारतको अन्तरदेशीय जलमार्ग प्राधिकरण विज्ञ समूहले सोमबार अध्ययन गरी सुस्ता गाउँपालिकामा पर्ने गण्डक नदीको स्पर (ठोकर) नम्बर १२ आसपास तत्कालका लागि टर्मिनल बनाउन सकिने सम्भावित निष्कर्ष निकालेको हो ।
त्रिवेणी व्यारेजको पुलभन्दा तल्लो भागमा स्पर नम्बर १२ आसपास टर्मिनल बनाउन उपयुक्त देखिएको नेपालतर्फको टोलीका संयोजक जल तथा ऊर्जा आयोजनाका सहसचिव माधव बेल्वासेले बताए । भारतीय पक्षले यसबाहेक त्रिवेणी ब्यारेज पुलभन्दा माथिपट्टि नवलपुरको कावासोतीआसपास पनि टर्मिनल बनाउन सकिने जनाएको बेल्वासेले बताए ।
नेपालबाट समितिका संयोजक बेल्वासेसहित परराष्ट्र मन्त्रालयकी रिता धिताल, उद्योग मन्त्रालयका सहसचिव मधु मरासिनी, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका गोपाल सिग्देल, तर्कराज भट्ट, महेश्वर श्रेष्ठलगायत थिए भने भारतबाट अन्तरदेशीय जलमार्ग प्राधिकरणका विज्ञ प्रवीर पाण्डेको नेतृत्वमा नौजनाको टोली थियो ।
March 5, 2019 11:43 am | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
कुवेतमा यात्री समाजको देउसी -भैलो, दक्षिणा समाजसेवामा
संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी हुन ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव
प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार