यस्तो पनि जहाँ एउटै मण्डप, बेहुला एक, ३ बेहुली !
भारतको राजस्थानमा अनौठो घटना भएको छ । एकजना पुरुषले एउटै मण्डपमा तीनजना महिलासँग बिहे गरेका छन् । आदिवासी समुदायका ३३ वर्षीय नक्काल कसौटियाले आफूसँग लिभइन रिलेसनमा रहेका ३ वटै महिलासँग बिहे गरे ।पोलियोग्रस्त नक्काल एकजना महिलासँग १२ वर्षदेखि लिभइन रिलेसनमा थिए भने अर्कीसँग ८ वर्षदेखि लिभइन रिलेसनमा थिए । त्यस्तै तेश्रो महिलाचाहिँ उसको प्रेमिकाकी बहिनी हुन् । जोसँग उनी पछिल्लो एक वर्षदेखि लिभइन रिलेसनमा थिए । त्यसक्रममा तेश्री प्रेमिका गर्भवती भएपछि उनले बिहे गर्ने निधो गरेका हुन् ।
समाचार अनुसार नक्कालको जीवनमा सबैभन्दा पहिले कतुम्बाई नामकी महिला आइन् । त्यसपछि गाउँकै पुनकी नामक युवतीसँग नक्कालको प्रेम बस्यो । पुनकी पनि अपांग हुन् । पुनकी र कतुम्बाई दुबैजना नक्कालसँगै बस्दै आएका थिए । तर दुवैजनाबाट सन्तान भएनन् । त्यसपछि नक्कालले एक वर्षअघि आफूभन्दा ५ वर्ष कान्छी युवती रेखासँग हिमचिम बढाए । रेखा पुनकीकी बहिनी हुन् । नक्काल र उनका ३ वटी प्रेमिका सँगै बस्न थाले । अन्ततः रेखा गर्भवती बनिन् ।आफ्नी कान्छी प्रेमिका गर्भवती बनेपछि नक्कालले बिहे गर्ने निधो गरे । गत जुन २० का दिन नक्कालले आफ्ना तिनै जना प्रेमिकासँग सबै परिवारजनको उपस्थितिमा एउटै मण्डपबाट बिहे गरे ।
आफूले आफ्नै ३ जना पत्नीहरुलाई खुसी राख्ने उनको भनाइ छ । आफूहरुको जीवन खुसीसाथ बितिरहेको उनले बताएका छन् । राजस्थानको उदयपुर जिल्लास्थित आदिवासी समुदायको घटना हो यो । उक्त आदिवासी समुदायमा लिभइन रिलेसनसीपको प्रचलन रहेको छ । कैयन् वर्षसम्म लिभइन रिलेसनमा रहेपछि मात्र यस समुदायका महिला पुरुषले बिहे गर्दछन् । एजेन्सीको सहयोगमा
June 26, 2018 2:02 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको १४१औँ जन्म जयन्ती मनाईयो
कुवेतमा राजु लामाको साथमा ‘Nirem Musical Fest २०२६’ ९ जनवरीमा मनाउदै
विदेशमा रहेका नेपालीलाई मताधिकार दिन ४ वटा कानून संशोधन गर्नुपर्ने
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा