यस्तो पनि जहाँ एउटै मण्डप, बेहुला एक, ३ बेहुली !
भारतको राजस्थानमा अनौठो घटना भएको छ । एकजना पुरुषले एउटै मण्डपमा तीनजना महिलासँग बिहे गरेका छन् । आदिवासी समुदायका ३३ वर्षीय नक्काल कसौटियाले आफूसँग लिभइन रिलेसनमा रहेका ३ वटै महिलासँग बिहे गरे ।पोलियोग्रस्त नक्काल एकजना महिलासँग १२ वर्षदेखि लिभइन रिलेसनमा थिए भने अर्कीसँग ८ वर्षदेखि लिभइन रिलेसनमा थिए । त्यस्तै तेश्रो महिलाचाहिँ उसको प्रेमिकाकी बहिनी हुन् । जोसँग उनी पछिल्लो एक वर्षदेखि लिभइन रिलेसनमा थिए । त्यसक्रममा तेश्री प्रेमिका गर्भवती भएपछि उनले बिहे गर्ने निधो गरेका हुन् ।
समाचार अनुसार नक्कालको जीवनमा सबैभन्दा पहिले कतुम्बाई नामकी महिला आइन् । त्यसपछि गाउँकै पुनकी नामक युवतीसँग नक्कालको प्रेम बस्यो । पुनकी पनि अपांग हुन् । पुनकी र कतुम्बाई दुबैजना नक्कालसँगै बस्दै आएका थिए । तर दुवैजनाबाट सन्तान भएनन् । त्यसपछि नक्कालले एक वर्षअघि आफूभन्दा ५ वर्ष कान्छी युवती रेखासँग हिमचिम बढाए । रेखा पुनकीकी बहिनी हुन् । नक्काल र उनका ३ वटी प्रेमिका सँगै बस्न थाले । अन्ततः रेखा गर्भवती बनिन् ।आफ्नी कान्छी प्रेमिका गर्भवती बनेपछि नक्कालले बिहे गर्ने निधो गरे । गत जुन २० का दिन नक्कालले आफ्ना तिनै जना प्रेमिकासँग सबै परिवारजनको उपस्थितिमा एउटै मण्डपबाट बिहे गरे ।
आफूले आफ्नै ३ जना पत्नीहरुलाई खुसी राख्ने उनको भनाइ छ । आफूहरुको जीवन खुसीसाथ बितिरहेको उनले बताएका छन् । राजस्थानको उदयपुर जिल्लास्थित आदिवासी समुदायको घटना हो यो । उक्त आदिवासी समुदायमा लिभइन रिलेसनसीपको प्रचलन रहेको छ । कैयन् वर्षसम्म लिभइन रिलेसनमा रहेपछि मात्र यस समुदायका महिला पुरुषले बिहे गर्दछन् । एजेन्सीको सहयोगमा
June 26, 2018 2:02 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन