बालबच्चालाई जंकफुड होइन, चोकरयुक्त खानेकुरा
अहिले हाम्रा छोराछोरीको खान्की के छ ? मम, चाउमिन, बिस्कुट, ब्रेड, चिप्स । यी अधिकांश खानेकुरामा मैदाजन्य हुन् । मैदाजन्य परिकार धेरै छन् र स्वादिलो पनि लाग्छ । तर, स्वास्थ्यका लागि त्यती फाइदाजनक छैन ।
मैदाजन्य परिकारकै कारण उनीहरुमा मोटोपन, मधुमेह जस्ता अनेक समस्या देखापर्ने गर्छ । जबकी उनीहरुलाई स्वस्थ्य, तन्दुरुस्त राख्ने हो भने चोकुरयुक्त वा फाइबरयुक्त खानेकुरा दिनुपर्छ ।
तपाईं/हामीलाई थाहै छ, फाइबरको मुख्य स्रोत मानिने चोकरलाई अंग्रेजीमा ब्रान पनि भनिन्छ । यसको नियमित सेवनले पेट सफा हुनुका साथै भोक लाग्ने गर्छ । यसको सेवनले कब्जियतको समस्या समेत कम हुन थाल्छ । त्यसैले, कब्जियतको समस्या हुने व्यक्तिले चोक्करलाई महत्वका साथ सेवन गर्नुपर्छ । किनकी हामीले खाने खानामध्य बचेको अंगलाई मलको माध्यमद्वारा बाहिर निकाल्न चोक्करले सहायता प्रदान गर्छ ।
के हो चोकर ? : गुहँको ब्रोकालाई नै चोकर भनिन्छ । यसमा सागसब्जीमा पाइने भन्दा धेरै रोग प्रतिरोधात्मक शक्ति हुन्छ । यसमा आइरन, क्याल्सियम तथा भिटामिन ‘बी’ पनि पर्याप्त पाइन्छ, जसले शरीरमा रगतको मात्रा बढाउनसका साथै हड्डी मजबुत बढाउन तथा भोक बढाउन सहायता प्रदान गर्छ ।
आटामा चोकरजरुरी छ ? : आटामा चोकरहुन निकै जरुरी छ । किनकी यसको सेवनले पेट सफा हुन्छ । आटामा रहेको चोक्करलाई कहिल्यै फाल्नु हुँदैन । बरु चोक्करलाई नरम बनाउन आटा मुछेर केही समय राख्न सकिन्छ ।
चोक्करको फाइदा र उपयोगिता : नेपालका अधिकांश मानिस अपच र कब्जियतको समस्याबाट पिडित छन् । यो समस्या कम गर्न पनि त्यस्ता व्यक्तिलाई औषधी सेवन गर्नैपर्ने बाध्यता छ । जबकी योगासgm, प्राणायात तथा चोक्करको नियमित सेवनद्धारापनि यो समस्यालाई जडै देखि कम गर्न सकिन्छ ।
चोक्करको लड्डु : चोक्करलाई तावामा सकेर चिसो भएपछि यसमा किसमिस, मुनक्का दाख, खजुरु तथा गुड मिसाएर मज्जाले पिसेर लड्डु बनाउन सकिन्छ ।
पेट सफा गर्न : पेट सफा गर्नका लागि चोक्करलाई पानीमा राम्ररी पखालेर मधुरो आचमा भुट्नु पर्छ । त्यसपछि यसमा थोरै गुड र किशमिश मिलाएर खाना खाने बेलामा दुई-दुई चम्चा सेवन गर्नुपर्छ । यसले पेट राम्ररी सफा हुन्छ ।
चोक्करको हलुवा : चोकरको हलुवा बनाउन एक गिलास उमालेको पानीमा गुड तथा मरमसला हालेर राम्ररी घोल्नुपर्छ । अब यसमा सफा गरेको तथा सेकेको ५० ग्राम चोक्करलाई करिब दश मिनेटसम्म उमाल्नुपर्छ । यसपछि यसमा दुई चम्चा घिउ हालेर निकाल्नु पर्छ । यसमा किसमिश पनि हाल्न सकिन्छ । यसरी तयार पारिएको हलुवा सुपाच्य तथा स्वादिलो हुनुका साथै पौष्टिक पनि हुन्छ । यसको सेवनले कब्जियतको समस्या क्रमश कम हुँदै जान्छ ।
चोकरको पेय : चोक्करको पेय बनाउन पचास ग्राम चोकरलाई आधार लिटर पानीमा भिजाउनु पर्छ । विहान यसलाई छानेर यसमा दुई चम्चा मह मिसाएर यो घोललाई पिउनु पर्छ । चाहनुहुन्छ भने यसमा घिउ वा मिश्री पनि मिसाउन सकिन्छ । यो पेयको सेवनले रगतको कमी, क्याल्सियम तथा आईरनको कमी कम गरेर रक्तअल्पत्ता, हड्डी कमजोर हुने समस्या तथा दुब्लोपना हुनबाट जोगाउँछ ।
फाइबरबारे जान्नै पर्ने कुरा ?
-जुसको सट्टा ताजा फलफूलमा रेशाको मात्रा धेरै हुन्छ ।
-फलफूलको सेवन गदाए ब्रोका सहितको फलफूल तथा सागसब्जीको सेवन गर्नु पर्छ ।
-साबुत अनाज र चोक्करयुक्त आटा पेटको लागि निकै लाभकारी छ ,
-फाइबरको मात्रा बढाउँदा पानीको मात्रा बढाउन पनि उत्तिकै जरुरी छ ।
-अंकुरित दाल तथा गेडागुडीको सेवन नियमित गर्ने ।
-प्राकृतिक फाईबरमा पोषणको मात्रा धेरै हुन्छ ।
-चना, मकैलाई तेलमा पकाउनु भन्दा भुटेर खाँदा राम्रो हुन्छ ।
March 6, 2019 11:45 am | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
यात्री समाज कुवेतद्वारा शिक्षामा सहयोग ,शैक्षिक सामग्री वितरण
मतदाताको गोपनीयता भङ्ग नगर्न झापा प्रशासनको आग्रह
चलचित्र पत्रकार दिनेश सिटौलाको निधन