पाकिस्तान सुपर लिग क्रिकेटमा सन्दीप लामिछानेको टिम ५ विकेटले पराजित
पाकिस्तान सुपर लिग क्रिकेटमा नेपाली युवा लेगस्पिनर सन्दीप लामिछानेको टिम लाहोर क्वालन्दर्स ५ विकेटले पराजित भएको छ । लाहोरले दिएको १२५ रनको लक्ष्य पछ्याएको पेशावर जल्मीले १९.५ ओभरमा ५ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । मंगलबार रातिको खेलमा नेपाली खेलाडी लामिछाने भने विकेट विहीन बने । पाकिस्तान सुपर लिगमा नेपाली बलर सन्दीपले पहिलो ओभरमा मात्र तीन रन दिए ।
पेशावर जाल्मी विरूद्दको खेलमा सन्दीपले उत्कृष्ट बलिङ गरे । त्यसपछि दोस्रो ओभरमा उनले १८ रन खान पुगे । दोस्रो ओभरको पहिलो बलमा नै उनले छक्का खाए । त्यसपछि दोस्रो बलमा पनि उनले अर्काे छक्का खान पुगे । अनुभवी खेलाडी मिस्वा उल हकले २ छक्का प्रहार गरे । टस हारी पहिला ब्याटिङ गरेको लाहोरले निर्धारित ओभरमा ७ विकेट गुमाएर १२४ रन बनाएको थियो । लाहोरका लागि हरिस सोहेलले ४३ तथा डेभिड वाइजले २६ रनमा नट आउट रहे ।
१२५ रनको लक्ष्य पेशावर जाल्मीले एक बल अगावै पाँच विकेट गुमाएर पूरा गर्याे । उसका लागि मिसवाह उलहकले अविजित ५९ रनको उत्कृष्ट पारी खेले । त्यस्तै ड्यारे सामीले ४६ रन बनाए । बलिङतर्फ सन्दीप लामिछाने विकेटविहीन बन्दा शाहइन शाह अफ्रिदीले एक मेडनसहित तीन विकेट लिएका थिए । पेशावर जाल्मी नौ मध्य ६ खेलमा जित निकाल्दै शीर्ष स्थानमा छ भने लाहोर कलन्दर्स ६ अंक सहित पाँचौं स्थानमा छ ।
March 6, 2019 12:09 pm | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
फिलिपिन्सको सर्वाेच्च अदालतको ऐतिहासिक फैसला, समलिङ्गी जोडीले सम्पत्तिको सह–स्वामित्व लिन सक्ने
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
यात्री समाज कुवेतद्वारा शिक्षामा सहयोग ,शैक्षिक सामग्री वितरण
मतदाताको गोपनीयता भङ्ग नगर्न झापा प्रशासनको आग्रह