पाकिस्तान सुपर लिग क्रिकेटमा सन्दीप लामिछानेको टिम ५ विकेटले पराजित
पाकिस्तान सुपर लिग क्रिकेटमा नेपाली युवा लेगस्पिनर सन्दीप लामिछानेको टिम लाहोर क्वालन्दर्स ५ विकेटले पराजित भएको छ । लाहोरले दिएको १२५ रनको लक्ष्य पछ्याएको पेशावर जल्मीले १९.५ ओभरमा ५ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । मंगलबार रातिको खेलमा नेपाली खेलाडी लामिछाने भने विकेट विहीन बने । पाकिस्तान सुपर लिगमा नेपाली बलर सन्दीपले पहिलो ओभरमा मात्र तीन रन दिए ।
पेशावर जाल्मी विरूद्दको खेलमा सन्दीपले उत्कृष्ट बलिङ गरे । त्यसपछि दोस्रो ओभरमा उनले १८ रन खान पुगे । दोस्रो ओभरको पहिलो बलमा नै उनले छक्का खाए । त्यसपछि दोस्रो बलमा पनि उनले अर्काे छक्का खान पुगे । अनुभवी खेलाडी मिस्वा उल हकले २ छक्का प्रहार गरे । टस हारी पहिला ब्याटिङ गरेको लाहोरले निर्धारित ओभरमा ७ विकेट गुमाएर १२४ रन बनाएको थियो । लाहोरका लागि हरिस सोहेलले ४३ तथा डेभिड वाइजले २६ रनमा नट आउट रहे ।
१२५ रनको लक्ष्य पेशावर जाल्मीले एक बल अगावै पाँच विकेट गुमाएर पूरा गर्याे । उसका लागि मिसवाह उलहकले अविजित ५९ रनको उत्कृष्ट पारी खेले । त्यस्तै ड्यारे सामीले ४६ रन बनाए । बलिङतर्फ सन्दीप लामिछाने विकेटविहीन बन्दा शाहइन शाह अफ्रिदीले एक मेडनसहित तीन विकेट लिएका थिए । पेशावर जाल्मी नौ मध्य ६ खेलमा जित निकाल्दै शीर्ष स्थानमा छ भने लाहोर कलन्दर्स ६ अंक सहित पाँचौं स्थानमा छ ।
March 6, 2019 12:09 pm | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :