Thursday 14th May 2026

ढुक्क हुनुहोस्, हिन्दू राष्ट्र र राजसंस्थाको मुद्दामा धोका हुन्न : कमल थापा

7 years अगाडी

कृष्णनगर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले हिन्दु राष्ट्र र राजसंस्थाको मुद्दा कुनै हालतमा छाड्न नसकिने स्पष्ट पारेका छन्।

मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्राको नवौँ दिन कपिलवस्तुको कृष्णनगरमा आज बिहान सम्बोधन गर्दै अध्यक्ष थापाले सिद्धान्त र आदर्शको राजनीतिलाई उच्च प्राथमिकतामा राख्दै आगामी राजनिती अगाडि बढाउने प्रतिबद्धता ब्यक्त गरे।

मुलुकमा ब्याप्त भ्रस्टाचार र बेथिति प्रती थापाले तीखो प्रहार गर्दै भने मुलुकमा ब्रम्हलुट छ, यसको अन्त्यको लागि जनता जाग्नुपर्छ। मधेसी जनताको हक हित र समृद्धि तर्फ भन्दा पनि भोटको राजनिती मात्र हुनु दुःखद् भन्दै थापाले राष्ट्रिय एकता र अखण्डताको निमित्त मधेसी जनताले सिमामा बसेर खेलेको भुमिकाको उच्च प्रशंसा गरे।

०६२/६३ को आन्दोलनको त्रुटिपूर्ण मार्गचित्रले देशलाई समस्याको दलदलमा फसाएको उनको आरोप थियो। आज कृष्णनगरबाट विभिन्न स्थानमा साना ठुलो सभा गर्दै यात्रा सुर्खेत पुग्ने कार्यक्रम रहेको राप्रपा सहायक महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए।

          March 7, 2019 10:37 am | टप


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...