Wednesday 13th May 2026

यी ४ कक्षा पढेका इन्जिनियर बाले बनाए घरमै दुनियाँलाइ चकित पार्ने यस्तो खतरा चिजहरु (भिडियो)

7 years अगाडी

तपाईलाई आज हामी यस्तो मोटरसाइकल ग्यारेज देखाउन गइरहेका छौ जुन देख्दा तपाई चकित पर्नुहुनेछ। उक्त ग्यारेज ऐतिहासिक बस्तुहरुबाट सजिएको छ।

जातो, डिक्की, रोटिपिङ्ग, ओखलजस्ता ऐतिहासिक वस्तुहरु देखि मोटरसाइकल बनाउन चाहिने सबै मेसिनरी औजारहरु पनि व्यवस्थित ढंगले राखिएको छ।

अझ रोचक लाग्ने कुरा त के छ भने ती ऐतिहासिक उपकरणमा ससाना खेलौना राखिएको छ जुन हेर्दा लाग्छ ती खेलौनाले नै सबै काम गरिरहेका छन्।

यस ग्यारेजका मालिक हुन् अंग बहादुर श्रेष्ट। उनले लोप भइरहेको एतिहासिक वस्तुहरुलाई जगेर्ना गर्ने अठोटका साथ् यो व्यवसायको थालनी गरेका हुन्।

उनको ग्यारेज हेर्नलाई टाढा-टाढाबाट मानिसहरु आउने गर्छन। ४ कक्षामात्रै पास गरेका श्रेष्ठ कुनै इन्जिनियरभन्दा कम छैनन्। उनले आफ्नो कल्पनाबाट नै यस्ता आकर्षक ऐतिहासिक वस्तुहरु निर्माण गर्ने गर्छन जुन वस्ताब मै आम मानिसको लागि अकल्पनीय छ।

          March 7, 2019 5:57 pm | रोचक


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...