श्रद्धाञ्जली सभामा प्रचण्डले भने : जान त हामी पनि रित्तै र नाङ्गै जाने हो !
पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको अभाव पार्टी र देशलाई सधैँ खड्किने बताउनु भएको छ ।
युवाहरुमा भरोसायुक्त नेता तथा मन्त्री अधिकारीको निधनले पार्टीलाई क्षति पुगेको प्रचण्डको भनाइ छ । बिहीबार काठमाण्डौको भृकुटीमण्डपमा आयोजित संयुक्त श्रद्धाञ्जली सभा कार्यक्रममा अध्यक्ष प्रचण्डले देशकै आशलाग्दा नेता अधिकारीको निधन अकल्पनीय भएको भन्दै यसबाट सिंगो पार्टी र देशलाई नै क्षति पुगेको बताउनु भएको हो ।
‘जान त हामी पनि रित्तै र नाङ्गै जाने हो । जन्मपछि मृत्यु शास्वत सत्य भए पनि कतिबेला कहाँनेर कस्तो मृत्यु हुने हो त्यो भन्न नसकिने रहेछ’, प्रचण्डले भन्नुभयो, ‘रवीन्द्र अधिकारीको निधन पनि असामान्य, अकल्पनीय र भयानक मृत्यु भयो । अब हामीले यसलाई झेल्नुको विकल्प छैन ।’
अध्यक्ष प्रचण्डले मृत्यु एकै किसिमको नहुने भन्दै कुनै मृत्युले त लामै समय तरंगित हुने पनि बताउनुभयो । दुर्घटनामा मन्त्री अधिकारीसहित ज्यान गुमाएका सातै जनाको अभाव देशलाई लामो समयसम्म खड्किने पनि उहाँले बताउनुभयो ।
यस्तै केही दिनअघि निधन भएका पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीको अभाव पनि पार्टी र देशलाई खड्किरहने प्रचण्डले बताउनुभयो । नेपाली कम्युनिष्ट आन्दोलनमा विशिष्ट छाप छाडेका पूर्व अर्थमन्त्री अधिकारी र आशलाग्दा नेता तथा पर्यटनमन्त्री अधिकारीका सपना पूरा गर्न सबै लाग्नुपर्ने पनि उहाँको भनाइ छ ।
ताप्लेजुङको फुङलिङ नगरपालिका १० सिस्नेभीरमा फागुन १५ गते भएको हेलिकप्टर दुर्घटनामा मन्त्री अधिकारीसहित सात जनाको ज्यान गएको थियो ।
हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका मन्त्री अधिकारी, पर्यटन व्यवसायी आङछिरिङ शेर्पालगायत दिंगवत व्यक्तिका आफन्तलाई आफूले भेटेर धैर्य गर्न सुझाव दिएको प्रचण्डले बताउनुभयो ।
श्रद्धाञ्जली सभामा प्रधानमन्त्री ताथ नेकपाका अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष प्रचण्ड, गृहमन्त्री वामदेव गौतम, नेकपाका महासचिव विष्णु पौडेल लगायतले पूर्व अर्थमन्त्री भरतमोहन अधिकारी र हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित सातै जनाको तस्बिरमा माल्यार्पण गर्नु भएको थियो । पूर्व अर्थमन्त्री अधिकारीको भने केही दिनअघि उपचारका क्रममा ८२ वर्षको उमेरमा निधन भएको थियो ।
March 8, 2019 10:35 am | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :