अर्बपतिले छोरीको बिहे गरिदिन केटा पाएनन्, अनौठो प्रतियोगिता गरेर ज्वाइँ खोज्दैछन्
बैंकक। थाइल्याण्डका अर्बपति अरनान रोदथोंगले ज्वाइँ खोज्नको लागि प्रतियोगिता गराउँदैछन् ताकि उनले आफ्नी छोरीको लागि योग्य ज्वाइँ खोजेर उनको बिहे गरिदिन सकुन् । प्रतियोगिताका विजेतासँग उनी आफ्नी छोरीको बिहे गराउनेछन् । साथमा उनले आफ्नो व्यवसायमा पार्टनरशिप र साढे ३ करोड रुपैयाँ पुरस्कार पनि दिनेछन् । अरनान डुरियन फलका ठूला व्यवसायी हुन् । यो प्रतियोगिताको लागि उनले सामाजिक संजालमा एउटा पोस्ट पनि लेखेका छन् ।
अरनानका अनुसार ‘यदि म प्रतिक्षा गरुँ कि ज्वाइँ आउनेछन् र मेरी छोरीसँग बिहे गर्ने अनुमति माग्नेछन्, त्यो हुँदासम्म निकै ढिलो भैसक्नेछ । त्यसैले म यो प्रतियोगिता गराउँदेछु । अहिलेसम्म एक हजारभन्दा धेरै जनाको आवेदन आइसकेको छ ।’ उनका अनुसार यो प्रतियोगितामा भाग लिने युवाहरुको व्यक्तित्व र डुरियन फलको ज्ञानको जाँच गरिनेछ । प्रतियोगिता १ अप्रिलका दिन थाइल्याण्डको चर्चित पर्यटकीय शहर पटायामा एक रिसोर्टमा गरिनेछ ।
ज्वाइँ खोज्नको लागि अरनानले सामाजिक संजालमा एक पोस्ट शेयर गरेका छन् । पोस्टमा लेका छन् ‘म चाहन्छु कि कोही मेरो कारोबार ठिकसँग अगाडि बढाओस् । यसलाई सधैं राम्रोसँग चलाओस् । म ब्याचलर, मास्टर्स वा दर्शनशास्त्रको डिग्री भएको व्यक्ति चाहन्न । म एउटा मेहनती व्यक्ति चाहन्छु । म यस्तो व्यक्ति चाहन्छु जसले कारोबारको साथमा मेरी छोरीको पनि ख्याल राख्न सकोस् ।
प्रतियोगिताको बारेमा अरनानकी २६ वर्षकी छोरी कर्णसीताले भनिन् ‘पहिले यसबारे सुन्दा मलाई झट्का लागेको थियो । पछि मलाई हाँसो लाग्न थाल्यो । मेरा पिता मेरो भलो चाहनुहुन्छ । उहाँ चाहनुहुन्छ कि मेरो पतिको पनि व्यत्तिःत्व मेरा दाजुभाइको जस्तै राम्रो होस् । एक यस्तो व्यक्ति जसले आफ्नो परिवारलाई माया गरोस् । म यस्तो पुरुष चाहन्छु जसलाई म सामाजिक इभेन्टहरुमा पनि आफ्नो साथमा लिएर जान सकुँ ।’
March 8, 2019 1:24 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन