Thursday 28th August 2025

सन्दीप लामिछानेको टोली लाहोर कलन्दर्सले आज इस्लामाबाद युनाइटेडसँग प्रतिस्पर्धा गर्दै

6 years अगाडी

पाकिस्तान प्रिमियर लिग (पीएसएल) अन्तर्गत नेपाली युवा स्टार सन्दीप लामिछानेको टोली लाहोर कलन्दर्सले आज इस्लामाबाद युनाइटेडसँग प्रतिस्पर्धा गर्दैछ ।

खेल नेपाली समयअनुसार बेलुका साढे आठ बजे सुरु हुनेछ । प्लेअफमा स्थान बनाउन लाहोर र इस्लामाबाद दुवैका लागि यो खेल उत्तिकै महत्वपूर्ण छ । लिगमा इस्लामाबादको यो अन्तिम खेल हो भने लाहोरको अझै एक खेल बाँकी छ ।

९ खेलबाट इस्लामाबादको ८ र ८ खेलबाट लाहोरको ६ अंक छ । लाहोर साविक विजेता इस्लामाबादसँग पहिलो लेगमा ५ विकेटले पराजित भएको थियो । बाँकी दुवै खेल जितेर प्लेअफमा पुग्ने लक्ष्यसहित दुवै टोली कराँची पुगेका छन् ।

यूएईमा जारी प्रतियोगिताका बाँकी दुई खेल लाहोर टिमले कराँचीमा खेल्नेछ । यसअघिको खेलमा पेशावर जाल्मीबिरुद्ध विकेट लिन नसकेका सन्दीपले ५ खेलमा १० विकेट लिइसकेका छन् ।

          March 9, 2019 11:03 am | टप


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...