दिल्ली मा महिला मुक्ति को प्रश्न माथि छलफल गर्दै महिला दिवस सम्पन्न
सूर्य बस्याल /दिल्ली
एकता को संघार मा रहेका भारत मा प्रवासी नेपाली हरू का दुई ठुला संगठन ” प्रवासी नेपाली संघ भारत” र “अखिल भारत नेपाली एकता मंच ” द्वारा संचालित दिल्ली महिला समिति हरू को आयोजनामा दिल्ली को आई -टि -ओ-स्थित गान्धी शान्ति प्रतिष्ठान हल मा यहि 10 मार्च 2019 का दिन एक बैचारिक कार्यक्रम सम्पन्न भएको छ ।
“महिला अधिकार र महिला मुक्ति को प्रश्न ” भन्ने शिर्षक मा आयोजित कार्यक्रम जागिर को बिवसता ले छुट्टी मिलाऊन सजिलो होस भनेर दुई दिन पछि आयोजित गरिएको आयोजक ले बताऊनु भयको छ ।
8 मार्च महिला दिवस लाई लक्षित गरेर गरिएको ऊक्त कार्यक्रम मा श्रमिक महिलालाई कसरी समस्या मुक्त गर्न सकिन्छ । भन्दै महिला अधिकार ,कर्तव्य र दायित्व को बिषय मा बक्ता हरू ले प्रकाश पार्नु भयको थियो । कमला थापा को अध्यक्षता र श्री मति ईश्वरि भण्डारी को संचालन मा अघि बढेको कार्यक्रममा मुख्य अतिथि मंच का केन्द्रीय अध्यक्ष श्री ईश्वरि भण्डारी बरिस्ठ अतिथि संघ कि केन्द्रीय ऊपाध्यक्ष सिता अधिकारी हुनुहुन्थ्यो ।
ऊक्त कार्यक्रम मा आऊनु भयका महिला हरू मा देश देखि धेरै टाढा रहनु पर्ने बिवसता , कैयन का मन मा घर परिवा को पिडा ।
त्यस माथि झन्झावत युक्त लामो समय सम्म काममा खटिनु पर्ने बिवसता अझ महिला भएकै कारण सहनु पर्ने अपमान, तिरस्कार र कानुनी झन्झट भयपनि ,मन मा एक ऊमंग जोस जाँगर र समय सँग पौठे जोरि खेल्दै अघि बढ्ने हौसला देखिन्थ्यो।नेपाली महिला मात्र होईन बिश्व का महिला लाई अधिकार, कर्तव्य र एकता मा अघि बढाउने अठोट प्रतिबद्धता लिएर ऊपस्थित भयका थिए प्रवासी नेपाली महिला र सामाजिक अभियन्ता हरू कार्यक्रम मा ।
1908 को न्युयोर्क शहर का महिला ले कम काम को समय ,सुविधा र समान कामको लागि समान बेतन को लागि ब्यापक आन्दोलन गरे ।त्यसको आंसिक सफलता पछि कोपेनहेगन मा 1910 को 8 मार्च को सम्पन्न अन्तर्राष्ट्रिय महिला कन्फ्रेन्स मा आन्दोलन कि नेतृ क्लारा जेट्किन ले यस दिन लाइ महिला दिवस मनाउन प्रस्ताव राखेपछि विस्वभर महिला दिवस मनाउने गरिन्छ ।
यसै शिलसिला लाई अघि बढाउदै दिल्लि मा रहेका प्रवासी नेपालीहरु ले भब्य र सभ्य रूपमा श्रमिक महिला जागरण को नारा दिदै कार्यक्रम सम्पन्न गरेका हुन् ।
ऊक्त कार्यक्रम मा भारत का लागि नेपाली दुताबास का प्रतिनिधि सांस्कृतिक सहचारी हुम प्रसाद लुईटेल को बिशेष आतिथ्यता रहेको थियो ।
यसै गरि ऊक्त कार्यक्रम मा नेपाली एकता समाज का ठाकुर गैरे, हाम्रो स्वाभिमान बाट अनिता ज्ञवालि, भारतीय जनता पार्टीका चादनि चौक महिला मोर्चा का अध्यक्ष गिता चौहान समेत को बिशेष ऊपस्थिति रहेको थियो ।
मंच कि सचिव ऊषा थापा खड्का द्वारा तिन पेज को कार्यपत्र प्रस्तुत गर्नुहुदै अधिकार को लागि संघर्ष र समृद्ध समाज निर्माण मा ईतिहास बाट सिक्दै बर्तमान लाई परिष्कृत गर्न अथक प्रयास ,लगन र मेहनत को आवश्यकता औल्याऊनु भयको थियो ।
प्रवासी नेपाली संघ भारत कि पुर्व सचिव डिलु शाहि के सि, राम बहादुर डि सि बर्तमान सचिवालय लय सदस्य अशोक थापा ,बेद भण्डारी, टिकाराम पोखरेल दिल्ली राज्य अध्यक्ष एन बि थापा लगायत अन्य पदाधिकारी हरू को ऊपस्थिति रहेको थियो भने अखिल भारत नेपाली एकता मंच का सचिव आर बि खड्का सोहि समिति का ज्ञान बहादुर केसी, हरि अर्याल, कृष्ण बोहोरा, मनु श्रेष्ठ, नारायण बि क ,अर्जुन दयाल र दिल्ली एन सि आर अध्यक्ष जिवन थापा लगायतका जिम्मेवार हरू समेत अतिथि को रूपमा ऊपस्थित हुनुहुन्थ्यो।
महिला नेतृ क्लारा जेट्किन लगायत भारत र नेपाली महिला आन्दोलन का नेतृ हरू लाई सम्झिनु को साथै वँहा हरू को ब्याक्तित्व बाट प्रेरणा लिँदै नेपाली महिला श्रमिक अधिकार ,सम्मान पुर्ण जिवन र समान सहभागिता को लागि सामाजिक आन्दोलन लाई अझ तिब्र बनाएर अघि बढ्न मार्ग प्रशस्त हुने बिस्वास बक्ता ले राख्नु भयको थियो ।
महिला समिति ले राखेको यस आयोजनामा नाँच गान को मनोरंजनात्मक कार्यक्रम पनि रहेको थियो ।साना साना छोरी हरू ले मनमोहक नृत्य प्रस्तुत गरेका थिए ।
कार्यक्रममा बिभिन्न महिला आन्दोलन को क्रम मा सहादत प्राप्त गर्ने शहिद प्रती एक मिनेट मौनधारण गरी मौन श्रद्धा समेत गरिएको थियो ।कार्यक्रमको बिशेष जोड महिला हरू को श्रम को ऊचित मूल्याङ्कन ,शिक्षा, स्वास्थ्य र रोजगार मा पहुच र स्वाभिमान पुर्वक बाँच्न पाउने अधिकार का लागि महिला आफै मा सचेतना फैलाऊनु र भागिदारिता सुनिश्चित गर्नु र समृद्ध नेपाल निर्माणको अभियानमा आफु लाई जोड्नु रहेको आयोजकले बताएको छ ।
*************************************************************************”””””””””””””””””””””””””””””””””””””””””””””””