सीके राउतलाई प्रदेश सरकारले दियो चेतावनी !
विखन्डनको राजनीति परित्याग गरेका सीके राउत समर्थकले आइतबार जनकपुरमा देखाएको हर्कतलाई प्रदेश २ सरकारले गम्भीरतापूर्वक लिएको जनाएको छ। उनीहरुका गतिविधिलाई गैरकानुनी भन्दै प्रदेश २ सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले फेरि त्यस्तो हर्कत दोहोर्याए सह्य नहुने चेतावनी दिए।
‘राउतका समर्थकले जनकपुरमा गरेका गतिबिधि गलत हुन,’ मन्त्री यादवले सोमबार भने, ‘कानुनको दुबै पक्षले अक्षरशः पालना गर्नुपर्छ। सहमति तोडेर प्रदर्शनमा उत्रिनु गलत हो।’ राउतको मूलधारको राजनीतिमा प्रवेश संघीयता संस्थागतका लागि सराहनीय कदम रहेको भन्दै मन्त्री यादवले जनकपुरमा राउतको स्वागतमा गरिएको प्रदर्शन, लगाइएका नारा र बोकिएका झन्डा गैरकानुनी रहेको बताए।
‘सहमति भंग नहोस् भनेर हामीले पहिलो पटक छुट दिएका हौं,’ मन्त्री यादवले भने, ‘अब त्यस्तो भूल गरे प्रदेश सरकार कडा रुपमा प्रस्तुत हुनेछ’ उनले दण्डहीनता रोक्न प्रदेश सरकार अग्रसर रहेको समेत बताए।
March 12, 2019 11:39 am | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
कुवेतमा यात्री समाजको देउसी -भैलो, दक्षिणा समाजसेवामा
संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी हुन ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव
प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार