सीके राउतलाई प्रदेश सरकारले दियो चेतावनी !
विखन्डनको राजनीति परित्याग गरेका सीके राउत समर्थकले आइतबार जनकपुरमा देखाएको हर्कतलाई प्रदेश २ सरकारले गम्भीरतापूर्वक लिएको जनाएको छ। उनीहरुका गतिविधिलाई गैरकानुनी भन्दै प्रदेश २ सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले फेरि त्यस्तो हर्कत दोहोर्याए सह्य नहुने चेतावनी दिए।
‘राउतका समर्थकले जनकपुरमा गरेका गतिबिधि गलत हुन,’ मन्त्री यादवले सोमबार भने, ‘कानुनको दुबै पक्षले अक्षरशः पालना गर्नुपर्छ। सहमति तोडेर प्रदर्शनमा उत्रिनु गलत हो।’ राउतको मूलधारको राजनीतिमा प्रवेश संघीयता संस्थागतका लागि सराहनीय कदम रहेको भन्दै मन्त्री यादवले जनकपुरमा राउतको स्वागतमा गरिएको प्रदर्शन, लगाइएका नारा र बोकिएका झन्डा गैरकानुनी रहेको बताए।
‘सहमति भंग नहोस् भनेर हामीले पहिलो पटक छुट दिएका हौं,’ मन्त्री यादवले भने, ‘अब त्यस्तो भूल गरे प्रदेश सरकार कडा रुपमा प्रस्तुत हुनेछ’ उनले दण्डहीनता रोक्न प्रदेश सरकार अग्रसर रहेको समेत बताए।
March 12, 2019 11:39 am | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन