सेनाले भन्यो : नेपाली सेनालाई जिम्मेवारी दिएको छ, देश टुक्रिन दिइने छैन !
नेपाली सेनाका प्रधान सेनापति पूर्णचन्द्र थापाले राष्ट्रिय एकता र अखण्डताको लागि नेपाली सेना प्रतिबद्ध रहेको बताएका छन् । लमजुङ सदरमुकाम बेंसीशहरमा आयोजित गण्डकी प्रदेश स्तरीय छैटौं लमजुङ महोत्सवको समापन समारोहमा थापाले यस्तो बताएका हुन् ।
प्रधानसेनापति थापाले नेपाली सेना नेपाली जनताको साझा सेना भएकोले नेपालको स्वाधिनता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय एकताको लागि प्रतिबद्ध रहेको बताए । उनले राष्ट्रिय एकताको लागि सविधानले नै नेपाली सेनालाई जिम्मेवारी दिएको भन्दै आफ्नो जिम्मेवारीप्रति सेना जिम्मेबार रहेको दाबी गरे ।
प्रधानसेनापति थापाले नेपालको एकीकरणमा पृथ्वीनारायण शाहको योगदानलाई स्मरण गर्दै राष्ट्रिय एकतामा लमजुङको योगदान इतिहासमा अविष्मरणीय रहेको बताए । प्रधानसेनापति थापाले जिल्लाको ऐतिहासिक, सांस्कृतिक र प्राकृतिक सम्पदाहरुको प्रवद्र्धन गरी पर्यटन विकासका लागि नेपाली सेनाले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकालले लमजुङमा औद्योगिकरणका लागि पर्याप्त श्रोत र सम्पदा भएकोले यसतर्फ ध्यान व्यवसायीहरुलाई आग्रह गरे । फागुन १९ बाट सुरु भएको महोत्सव बुधबार समापन गरिएको हो । महोत्सवमा २० करोडभन्दा बढीको कारोबार भएको आयोजकले जनाएको छ ।
March 15, 2019 10:29 am | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :