सेनाले भन्यो : नेपाली सेनालाई जिम्मेवारी दिएको छ, देश टुक्रिन दिइने छैन !
नेपाली सेनाका प्रधान सेनापति पूर्णचन्द्र थापाले राष्ट्रिय एकता र अखण्डताको लागि नेपाली सेना प्रतिबद्ध रहेको बताएका छन् । लमजुङ सदरमुकाम बेंसीशहरमा आयोजित गण्डकी प्रदेश स्तरीय छैटौं लमजुङ महोत्सवको समापन समारोहमा थापाले यस्तो बताएका हुन् ।
प्रधानसेनापति थापाले नेपाली सेना नेपाली जनताको साझा सेना भएकोले नेपालको स्वाधिनता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय एकताको लागि प्रतिबद्ध रहेको बताए । उनले राष्ट्रिय एकताको लागि सविधानले नै नेपाली सेनालाई जिम्मेवारी दिएको भन्दै आफ्नो जिम्मेवारीप्रति सेना जिम्मेबार रहेको दाबी गरे ।
प्रधानसेनापति थापाले नेपालको एकीकरणमा पृथ्वीनारायण शाहको योगदानलाई स्मरण गर्दै राष्ट्रिय एकतामा लमजुङको योगदान इतिहासमा अविष्मरणीय रहेको बताए । प्रधानसेनापति थापाले जिल्लाको ऐतिहासिक, सांस्कृतिक र प्राकृतिक सम्पदाहरुको प्रवद्र्धन गरी पर्यटन विकासका लागि नेपाली सेनाले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकालले लमजुङमा औद्योगिकरणका लागि पर्याप्त श्रोत र सम्पदा भएकोले यसतर्फ ध्यान व्यवसायीहरुलाई आग्रह गरे । फागुन १९ बाट सुरु भएको महोत्सव बुधबार समापन गरिएको हो । महोत्सवमा २० करोडभन्दा बढीको कारोबार भएको आयोजकले जनाएको छ ।
March 15, 2019 10:29 am | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
फिलिपिन्सको सर्वाेच्च अदालतको ऐतिहासिक फैसला, समलिङ्गी जोडीले सम्पत्तिको सह–स्वामित्व लिन सक्ने
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
यात्री समाज कुवेतद्वारा शिक्षामा सहयोग ,शैक्षिक सामग्री वितरण
मतदाताको गोपनीयता भङ्ग नगर्न झापा प्रशासनको आग्रह