खप्तडी बुढाथोकी क्षेत्री सेवा समाजद्वारा मृगौला रोगिलाई आर्थिक सहयोग ।
तेज थापा, साउदि अरब
साउदी अरबमा कृयासिल खप्तडी बुढाथोकी क्षेत्री सेवा समाज (KBS) केन्द्रीय समितिले मृगौला रोगि सम्झना बुढाथोकीलाई नगद ३२ हजार २ सय ९५ रुपैया आर्थिक सहयोग गरेको छ। झापा जिल्ला सिबसताक्षी नगरपालिका ९ स्थित दुधे स्थाइबासि सम्झना बुढाथोकी दुबै मृगौला प्रत्यारोपण गर्नुपर्ने दयनीय स्थितिमा छिन् । अस्पताल उपचारको क्रममा डाक्टरले परिक्षण गर्दा दुबै मृगौला फेलर भएको पत्ता लगाएका थिए ।

घर परिवारले उपचारका खासै वास्त नगरेपछि पिता भुवन बुढाथोकी र आमा दुर्गा देबिले उनलाई माइती घरमै राखि उपचार गराइरहेको खप्तडी बुढाथोकी क्षेत्री सेवा समाजका साउदी अरबका केन्द्रीय अध्यक्ष लिला (बिचारी) बहादुर बुढाथोकीले बताए । उनले दिएको जानकारी अनुसार सम्झनाका बाबुआमाले लगभग २६ लाख नगद सहित जाय जेथा र बस्ने घर पनि बेचेर छोरीको उपचार गराइरहेको छन् ।

बिरामीको अवस्था र बाबुआमाको पिडालाइ मध्यनजर गरि खप्तडी बुढाथोकी क्षेत्री सेवा समाजका केन्द्रीय पदाधिकारी बिच छलफल गरि कोषबाट २३ हजार ५ सय ५२ रुपैयाँ र बाकि पदाधिकारीहरुको व्यक्तिगत सहयोगमा जम्मा ३२ हजार २ सय ९५ रुपैया बिरामीका बा-आमालाई आर्थिक सहयोग गरिएको बिचारीले जानकारी दिएका छन् । खप्तडी बुढाथोकी क्षेत्री सेवा समाज झापाका कार्य समिति कोषाध्यक्ष एवम् भवन निर्माण समितिका अध्यक्ष योगेन्द्र बुढाथोकी, सचिब काजीमान बुढाथोकी,फकेन्द्रिय कार्यसमितिका महासचिव डम्बर बुढाथोकी लगायत अन्य सदस्यहरुको रोहवरमा सहयोग रासी हस्तान्तरण गरिएको थियोे ।

प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन