महिला साफ च्याम्पियनसिपः बंगलादेश र नेपाल भिड्दै
काठमाडौं, २ चैत । महिला साफ च्याम्पियनसिप फुटबलमा आज नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुँदैछ । खेल विराटनगरस्थित शहिद रंगशालामा दिउँसो ३ बजे सुरु हुनेछ । यसअघि, शुक्रबार भएको खेलमा श्रीलंका र भारत सेमिफाईनलमा प्रवेश गरेका छन् ।
विराटनगरको सहिद रंगशालामा श्रीलंकाले माल्दिभ्सलाई २–० ले पराजित गरेसँगै समूह बी बाट सेमिफाईनल पुग्ने दुई टोलीको टुङ्गो लागेको हो । समुह चरणका दुवै खेलमा पराजित हुँदै माल्दिभ्स प्रतियोगिताबाट बाहिरिएको छ ।नेपाली महिला राष्ट्रिय फुटबल टोलीले साफ महिला च्याम्पियनसिपको समूह ‘ए’ को अन्तिम खेलमा शनिबार बंगलादेशसँग खेल्दैछ ।
आजको खेलमा प्रशिक्षक हरि खड्काले भुटानविरुद्ध उत्रिएको पहिलो रोजाइमा एक खेलाडी परिवर्तन गर्ने सम्भावना रहेको छ । अमृता जैशीलाई पुनम जर्घा मगरले पुनर्स्थापित गर्ने सम्भावना रहेको बताइएको छ ।
नेपालले बंगलादेशविरुद्ध हालसम्म ५ खेल खेलेको छ जसमा ४ जित र १ बराबरी रहेको छ । यसक्रममा नेपालले दुई पटक ३-० र दुई पटक १-० को जित दर्ता गरेको छ । पछिल्लो पटक म्यानमारमा भएको ओलम्पिक छनोटमा दुई टोलीले १-१ को बराबरी खेलेका थिए ।
March 16, 2019 10:56 am | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन