पैसाको लागि आमाले ४ वर्षको छोरासँग गरिन् यस्तो काम, सुन्दा पनि झट्का लाग्छ
किभ। युक्रेनमा एक आमाले पैसाको लागि यस्तो काम गरेकी छिन् कि अरु कुनै आमाले त्यस्तो गर्लान् भनेर सोच्नु त टाढाको कुरा यही घटनाको पनि विश्वास लाग्दैन । तर, घटना सत्य हो । ती आमाले पैसाको लागि आफ्नै ४ वर्षको छोराको यौन शोषण गरिन् र भिडियो बनाएर पैसाको लागि बेचिदिइन् ।
२६ वर्षकी ती महिला विगत केही समयदेखि आफ्नो छोरासँग अश्लील क्रियाकलाप गर्द भिडियो बनाएर बेचिरहेकी थिइन् । महिलाले एक भिडियोलाई ३ हजार युक्रेनी रिभ्निया (१२ हजार ३४१नेपाली रुपैयाँ) मा बेच्थिन् ।
साइबर पुलिसले उनको घरमा छापा मारेर उनलाई पक्राउ गरेको हो । महिलाको कम्प्युटरबाट बच्चासँग बनाइएका आपत्तिजनक भिडियो पनि बरामद भएका छन् । बच्चाको हेरचाह अहिले पुलिसले गरिरहेको छ । छिटै उनलाई अनाथालय पठाइनेछ ।
पुलिस रिपोर्टका अनुसार महिलाले आफ्नो बच्चासँग ३० भिडियो बनाएकी छिन् । यसबाट उनले करिब ९० हजार रिभ्निया कमाइ गरिन् । यसअघि पनि महिला पैसाको लागि एडल्ट फिल्ममा काम गर्थिन् । सोधपुछका क्रममा महिलाले पुलिससँग सबै आरोप स्वीकार गरेकी छिन् । महिलाका अनुसार भिडियो किन्ने व्यक्तिले उनलाई इमेलमार्फत सम्पर्क गरेका थिए ।
ती व्यक्तिले महिलालाई यस्ता बच्चाको खोजी गर्न भनेका थिए जो अभिभावकबाट टाढा बसेका होउन् र पैसाको लागि अश्लिल भिडियोमा काम गर्न सकुन् । जब महिलालाई आफ्नो छोरासँग यो काम गर्न भनियो उनी तयार भइन् । अहिले पुलिसले महिलाको कम्प्युटर जफत गरेर जाँच गरिरहेको छ । दोषी ठहर भएमा महिलालाई १० वर्षको जेल सजाय हुन सक्छ ।
March 17, 2019 10:36 am | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
१० साना दलले बनाए चार गठबन्धन
रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकताको सहमति : कुलमान घिसिङ उपसभापति रहने
सात बुँदे सहमतिपछि रास्वपा र बालेन समर्थक उत्साहित
निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक
अब २ दिनभित्रै राहदानी उपलब्ध गराइने
बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल प्रतिवेदन : जोखिममा आधारित नियमनदेखि ग्रामीण कर्जामा व्यापक सुधारको सिफारिससम्म
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने