आधुनिक मान्छेलाई किन छैन यौनप्रति रुची ?
एजेन्सी । आधुनिकतासँगै मानिसमा सेक्सप्रतिको रुची कम हुँदै गएको निष्कर्ष अध्ययनहरुले देखाउन थालेका छन् । चार दशक यता विकसित प्रविधिले यौन सम्बन्धलाई उन्मुक्ता दिएको छ । त्यसमा गर्भनिरोधक गोली होस् वा ग्रिंडर तथा टिंडर जस्ता डेटिङ एप्स धेरैले प्रयोग गर्छन् ।
आजको युगमा सेक्सलाई सामाजिक मूल्य मान्यताले छेक्न सकेको छैन । सामाजिक मुल्य–मान्यताको देष्टिकोणबाट पनि समलैंगिकता, तलाक, विवाह भन्दा पहिला सेक्स सम्बन्ध र एकभन्दा धेरैसँग यौन सम्बन्ध सामान्य जस्तो हुन थालेको छ ।
यद्यपी एक अध्ययनले भने मानिसमा सेक्सको आकर्षण घट्दै गएको निष्कर्ष निकालेको छ । यसको तथ्य अमेरिकी शोधकर्ता जोन त्वंगे, रायन शेरमान र ब्रुक वे ल्सले सार्वजनिक गरेका हुन् । उनीहरुको एक शोध अध्ययन आर्काइव्स अफ सेक्सुअल विशेवियरमा प्रकाशित भएको छ । जहाँ सेक्समा मानिसको रुश्रची कम हुँदै गएको उल्लेख छ ।
अनुसन्धानका अनुसार १९९० को दशकको तुलनामा २०१० को दशकमा मानिस हरेक बर्ष नौ पटक कम सेक्स गरेका छन् । तथ्याङ्कका अनुसार यसमा १५ प्रतिशत कमी आएको छ । सँगै १९९० को दशकमा हरेक बर्ष मानिस ६२ पटक सेक्स गरिरहेका थिए, जो २०१० को दशमा घटेर बर्षेनी ५३ पटकमा पुगेको छ ।
यो कमी सवै धर्म, सवै जाती, सवै क्षेत्र, शिक्षित तथा अशिक्षित सवै किसिमका मानिसमा देखिएको छ । अनुसन्धानकर्ताहरुका अनुसार यो प्रवृत्ति विश्वकै मानिसमा देखिएको छ ।
March 17, 2019 1:53 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन