यी वृद्धा जसलाई १०४ वर्षको उमेरमा जेल जीवन बिताउँने रहर ! अनौंठो छ कारण
काठमाडौं । विश्वमा अनेक थरिका मानिस हुन्छन् । मानिस अनुसार उनीहरुका इच्छा पनि थरिथरिका हुन्छन् । १०४ वर्षकी एन ब्रोकनब्रो नाम गरेकी एक बेलायती वृद्ध महिलाले आफू जेल बस्न चाहेको इच्छा व्यक्त गरेकी छिन् ।
उनले आफूले अहिलेसम्म कानुन उलङ्घन नगरेको भन्दै यसको अनुभव कस्तो हुन्छ भनेर जान्न चाहेको बताएकी हुन् । प्रहरी पनि ती वृद्धाको यो चाहनासँग सहमत भएको छ ।
प्रहरीले एन ब्रोकनब्रोलाई अर्को हप्ता पक्राउ गर्ने बताएको छ । त्यसपछि उनलाई कारागारमा राखिनेछ । त्यो उनको जीवनकै पहिलो अनुभव हुने पनि बताइएको छ ।
ब्रोकनब्रो आफू अवकाश पाउनुभन्दा अगाडि एक कम्पनीमा सेक्रेटरीको काम गर्दै आउनु भएको थियो । एउटा संस्थाले आयोजना गरेको च्यारिटीमा वृद्धहरुलाई आफ्नो जीवनको आखिरी इच्छा के हो भनेर भर्न लगाइएको थियो, जसमा उहाँले आफू जेल बस्न चाहेको बताउँनु भएको थियो । एजेन्सी
March 17, 2019 2:19 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
१० साना दलले बनाए चार गठबन्धन
रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकताको सहमति : कुलमान घिसिङ उपसभापति रहने
सात बुँदे सहमतिपछि रास्वपा र बालेन समर्थक उत्साहित
निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक
अब २ दिनभित्रै राहदानी उपलब्ध गराइने
बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल प्रतिवेदन : जोखिममा आधारित नियमनदेखि ग्रामीण कर्जामा व्यापक सुधारको सिफारिससम्म
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने