यी वृद्धा जसलाई १०४ वर्षको उमेरमा जेल जीवन बिताउँने रहर ! अनौंठो छ कारण
काठमाडौं । विश्वमा अनेक थरिका मानिस हुन्छन् । मानिस अनुसार उनीहरुका इच्छा पनि थरिथरिका हुन्छन् । १०४ वर्षकी एन ब्रोकनब्रो नाम गरेकी एक बेलायती वृद्ध महिलाले आफू जेल बस्न चाहेको इच्छा व्यक्त गरेकी छिन् ।
उनले आफूले अहिलेसम्म कानुन उलङ्घन नगरेको भन्दै यसको अनुभव कस्तो हुन्छ भनेर जान्न चाहेको बताएकी हुन् । प्रहरी पनि ती वृद्धाको यो चाहनासँग सहमत भएको छ ।
प्रहरीले एन ब्रोकनब्रोलाई अर्को हप्ता पक्राउ गर्ने बताएको छ । त्यसपछि उनलाई कारागारमा राखिनेछ । त्यो उनको जीवनकै पहिलो अनुभव हुने पनि बताइएको छ ।
ब्रोकनब्रो आफू अवकाश पाउनुभन्दा अगाडि एक कम्पनीमा सेक्रेटरीको काम गर्दै आउनु भएको थियो । एउटा संस्थाले आयोजना गरेको च्यारिटीमा वृद्धहरुलाई आफ्नो जीवनको आखिरी इच्छा के हो भनेर भर्न लगाइएको थियो, जसमा उहाँले आफू जेल बस्न चाहेको बताउँनु भएको थियो । एजेन्सी
March 17, 2019 2:19 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन