आफूले लगाएको कपडाका कारण विमान चढ्न पाइनन् यी युवती , यस्तो छ कारण !
लण्डन। ब्रिटेनको बर्मिंघम एयरपोर्टमा एक युवतीले छोटो कपडा लगाएको भन्दै विमान चढ्न दिएनन्। एयरलाइन्सका कर्मचारीले यसलाई ‘भड्किलो’ माने। उनलाई कर्मचारीले दुइ विकल्प दिए कि त आफ्नो शरीर ढाक्ने लुगा लगाऊ कि त विमान सवार नगर्नु।
बर्मिंघम एयरपोर्टमा २१ बर्षीय युवती आफ्नो परिवारसंग स्पेनको कैनेरी आइलैंड जानको लागि पुगेकी थिइन्। तर थोमस कुक एयरलाइन्सका कर्मचारीले कपडा छोटो देखेर बिमानमा चढ्न नै दिएन। मिरर यूकेको रिपोर्ट अनुसार युवतीलाई एयरपोर्टमा सुरक्षा जांचमा रोकेन तर बिमानमा चढ्न लागेको बेला थोमस कुक एयरलाइन्सका चार कर्मचारीले कपडा भएन भन्दै फिर्ता पठाए।
युवती भन्छिन ‘यो मेरो जीवनको सबै भन्दा खराब पल हो।’ युवतीले लैंगिक भेदभावको आरोप लगाएकी छिन् । उनकै पछाडी उभिएको एक व्यक्तिलाई कपडा फेर्न लगाएन जबकी उनले सर्ट र वेस्ट टप लगाएकी थिइन्। युवतीले यो नराम्रो अनुभव ट्वीटर मार्फत शेयर गरेकी छिन। जुन अहिले सामाजिक संजालमा भाइरल भैरहेको छ।
एमिलि ओकोनोर नामकी युवतीले कपडा फेर्न नमानेपछि एयरलाइन्सका एक कर्मचारीले उनको ब्यागसहित बाहिर निकाली दिएका थिए। त्यसपछि उनकै परिवारका एक सदस्यको ज्याकेट लगाएर उनले विमान चढेकी थिइन्। एमिलीको ट्वीटपछि भने यस्तो असंवेदनशील व्यवहार देखेर सबैले थामस कुक एयरलाइन्सको आलोचना गरे। त्यसपछि एयरलाइन्सको प्रवक्ताले युवतीसंग व्यक्तिगत र आधिकारिक बयान जारी गरि माफी मागेका छन्।
March 20, 2019 12:26 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन