कोरियन भाषा परीक्षाको आवेदन भर्न लाइनमा बस्न नपर्ने, बिहान ८ बजेसम्ममा १५ हजारभन्दा धेरैले भरे आवेदन
काठमाण्डौ – यो वर्ष कोरियन भाषा परीक्षाको आवेदन फारम अनलाइनमार्फत भर्न सकिने भएकाले लाइनमा बस्नु नपर्ने भएको छ । ग्लोबल आईएमई बैंकको अनलाइन तथा आईएमई–पे र ई–सेवामार्फत रकम भुक्तानी गर्न सकिने भएकाले लाइनमा नबस्न ईपीएस शाखाले अनुरोध गरेको छ । शाखाका अनुसार लाइनमा बिहान ८ बजेसम्म अनलाइनमार्फत १५ हजारभन्दा धेरैले आवेदन भरिसकेका छन् ।
ईपीएस शाखाका प्रमुख कृष्णप्रसाद खनालले आवेदन भर्नको लागि रातिदेखि लाइनमा नबस्न र नहतारिन आग्रह गर्नुभयो । ‘घरमै बसीबसी अनलाइनमार्फत रकम भुक्तानी गर्न र आवेदन भर्न सकिन्छ, त्यसैले लाइनमा बस्न जरुरी छैन’ उहाँले उज्यालोसँग भन्नुभयो, ‘अघिल्ला वर्षहरुको तुलनामा व्यवस्थित गरेका छौं ।’ तर ग्लोबल आईएमई बैंकको कीर्तिपुरलगायत शाखामा भने रातीदेखि नै युवाहरु लाइनमा बसेका छन् ।
‘लाइनमा बसेर भर्दा पनि हुन्छ, तर रातिदेखि नै गएर उभिनु पर्दैन, आरामले भर्न सकिन्छ’ खनालले भन्नुभयो । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत दक्षिण कोरिया जान चाहने कामदार छनोट गर्न कोरियन भाषा परीक्षाको आवेदन फारम आजदेखि खुलेको हो । ग्लोबल बैंकमा रहेको एकाउण्टमा पैसा जम्मा गरेपछि दिइने नम्बरका आधारमा www.eoers.epsnepal.gov.np मा लगइन गरेर अनलाइनबाटै फारम भर्न सकिन्छ ।
March 22, 2019 10:03 am | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
कुवेतमा यात्री समाजको देउसी -भैलो, दक्षिणा समाजसेवामा
संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी हुन ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव
प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार