हिरोइनजस्तै छिन् अर्बपतिकी यी छोरी, १७ वर्षकै उमेरमा खडा गरिन आफ्नै कम्पनी
मुम्बइ। आदित्य बिडला ग्रुपका अध्यक्ष कुमार मंगलम बिडलाकी छोरी अनन्यालाई कुनै परिचयको आवश्यकता छैन् । आदित्य बिडला ग्रुपका अध्यक्ष कुमार मंगलम बिडलाकी छोरी अनन्यालाई कुनै परिचयको आवश्यकता छैन । अक्सफोर्ड युनिभर्सिटीमा इकोनोमिक्स र म्यानेजमेण्ट पढिरहेकी अनन्याले १७ वर्षकै उमेरमा आफ्नै कम्पनी खोलिन् ।
उसो त कर्पोरेट घरानाका केटाकेटीहरु खानदानी विजनेश ज्वाइन गर्न मन पराउँछन् । तर, अनन्याले यस्तो गरिनन् र उनले १ मार्च २०१३ मा आफ्नै स्वतन्त्र माइक्रोफाइनान्स लन्च गरिन् । अर्बपति बिजनेश टाइकुनकी यी सुन्दरी छोरीले फेशन संसारमा पनि आफ्नो पहिचान बनाइसकेकी छिन् । उनले भोग, हेलोजस्तो म्याग्जिनका लागि फोटो सुट गरेकी छिन् ।
आफ्नो शरीरमा ५ वटा टाटू बनाइसकेकी अनन्या म्युजिकमा पनि रुची राख्छिन् । हालै उनको पहिलो इन्टरनेशनल एल्बम ‘लिभिङ द लाइभ’ लन्च भएको थियो । २२ वर्षीया अनन्याको यो म्युजिक एल्बम जिम बेन्जले उत्पादन गरेको हो ।
अक्सफोर्ड युनिभर्सिटीमा पढाइ गरिरहेका बेला उनले लाइभ शोमा गितार बजाएर गीत गाउन सुरु गरेकी थिइन । १ वर्ष नबित्दै उनले ७० भन्दा बढी लाइभ शोमा प्रस्तुती दिइन । उसो त उनको इन्ट्राग्राममा हेर्ने हो भने ट्यालेन्ट र सुन्दरताको लागि बलिउडकी कुनै स्टारभन्दा कम देखिदैनन् ।
March 23, 2019 4:18 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन