हिरोइनजस्तै छिन् अर्बपतिकी यी छोरी, १७ वर्षकै उमेरमा खडा गरिन आफ्नै कम्पनी
मुम्बइ। आदित्य बिडला ग्रुपका अध्यक्ष कुमार मंगलम बिडलाकी छोरी अनन्यालाई कुनै परिचयको आवश्यकता छैन् । आदित्य बिडला ग्रुपका अध्यक्ष कुमार मंगलम बिडलाकी छोरी अनन्यालाई कुनै परिचयको आवश्यकता छैन । अक्सफोर्ड युनिभर्सिटीमा इकोनोमिक्स र म्यानेजमेण्ट पढिरहेकी अनन्याले १७ वर्षकै उमेरमा आफ्नै कम्पनी खोलिन् ।
उसो त कर्पोरेट घरानाका केटाकेटीहरु खानदानी विजनेश ज्वाइन गर्न मन पराउँछन् । तर, अनन्याले यस्तो गरिनन् र उनले १ मार्च २०१३ मा आफ्नै स्वतन्त्र माइक्रोफाइनान्स लन्च गरिन् । अर्बपति बिजनेश टाइकुनकी यी सुन्दरी छोरीले फेशन संसारमा पनि आफ्नो पहिचान बनाइसकेकी छिन् । उनले भोग, हेलोजस्तो म्याग्जिनका लागि फोटो सुट गरेकी छिन् ।
आफ्नो शरीरमा ५ वटा टाटू बनाइसकेकी अनन्या म्युजिकमा पनि रुची राख्छिन् । हालै उनको पहिलो इन्टरनेशनल एल्बम ‘लिभिङ द लाइभ’ लन्च भएको थियो । २२ वर्षीया अनन्याको यो म्युजिक एल्बम जिम बेन्जले उत्पादन गरेको हो ।
अक्सफोर्ड युनिभर्सिटीमा पढाइ गरिरहेका बेला उनले लाइभ शोमा गितार बजाएर गीत गाउन सुरु गरेकी थिइन । १ वर्ष नबित्दै उनले ७० भन्दा बढी लाइभ शोमा प्रस्तुती दिइन । उसो त उनको इन्ट्राग्राममा हेर्ने हो भने ट्यालेन्ट र सुन्दरताको लागि बलिउडकी कुनै स्टारभन्दा कम देखिदैनन् ।
March 23, 2019 4:18 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
१० साना दलले बनाए चार गठबन्धन
रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकताको सहमति : कुलमान घिसिङ उपसभापति रहने
सात बुँदे सहमतिपछि रास्वपा र बालेन समर्थक उत्साहित
निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक
अब २ दिनभित्रै राहदानी उपलब्ध गराइने
बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल प्रतिवेदन : जोखिममा आधारित नियमनदेखि ग्रामीण कर्जामा व्यापक सुधारको सिफारिससम्म
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने