युएइमा नेपाली ब्यावसायी द्वारा सन्चालित तीन ट्राभल्स मर्ज
यूएई– यूएईको नेपाली व्यावसायिक क्षेत्रमा कुशलतापुर्वक व्यापार गरिरहेका तीन लोकप्रिय नेपाली ट्राभलहरु मर्ज भएका छन् । दुबईमा नेपालीले सञ्चालन गरेका तीन वटा ट्राभल एजेन्सी एउटै भएर कारोबार गर्न सहमत भएका छन् । बरदुवईमा सञ्चालित शुभयात्रा ट्राभल एन्ड टुरिजम, काठमाडौं ट्राभल एन्ड टुरिजम र अल जजिरा अल तविला टुरिजम एलएलसी आपसमा गाभिएर शुभयात्रा ट्राभल एन्ड टुरिजमको ब्यानरमा कारोबार शुरु गरेको सन्चालक मध्येका एक तोयम चौलागाईं (तोया) ले बताएका छन् ।
शुभयात्राका सन्चालकहरु तोया चौंलागाईं, कृष्ण भट्टराई र डिल्ली मैनाली, काठमाडौं ट्राभलका सञ्चालक सूर्य गिरी र अल जजिरा अल तविलाका सञ्चालक भगवान रुपानी युएईको नेपाली ट्राभल व्यावसायको क्षेत्रमा स्थापित नाम हुन् । यी स्थापित तीन व्यावसायिक समूह मिलेर एक भएर व्यवसाय सञ्चालन गर्न सहमत भएका हुन् । करिब ३ महिनाको बृहत छलफलपछि फुटेर भन्दा जुटेर व्यवसाय गर्दा व्यावसायिक भविष्यमा सुनिश्चित हुने र ग्रुप अफ कम्पनी सञ्चालन गर्न सकिने भन्दै तीन कम्पनी मर्ज गरिएको व्यवसायी तोया चौलागाईंले जानकारी दिएका छन् । ‘एउटै ठाउँमा एउटै प्रकृतिका व्यवसाय गर्दा अस्वस्थ प्रतिस्पर्धा हुने भएकाले मिलेर काम गर्न एक भएका हौं,’ व्यवसायी सूर्य गिरीले जानकारी दिएका छन् । तीनवटा ट्राभल मर्ज भएपछि बरदुबइमा शुभयात्राको नामबाट कार्यालय राखी कारोबार सुचारु गरिएको छ । सोही समुहले अबुधाबी र दुबईको डिआईपी लगायतका क्षेत्रमा शाखा स्थापना गरी नेपालीहरुलाई हवाई टिकट, होटल बुकिङ, ट्राभल प्याकेज, भिजिट भिसा सस्तो दरमा उपलब्ध गराउने बताइएको छ । युएईको व्यावसायिक इतिहासमा यो एकतालाई निकै महत्त्वका साथमा हेरिएको छ । एकै प्रकृतिका व्यावसायिक समुहको मिलनलाई धेरैले अर्थपुर्ण रुपमा दिदै सफलताको शुभकामना दिएका छन् ।
March 25, 2019 12:20 pm | Uncategorized
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन