सावधान : पानी कम पिउने गर्नु भएको छ ? लाग्न सक्छन यस्ता डरलाग्दा रोग !
पानी हाम्रो शरीरलाई चाहिने अति महत्वपूण पदार्थ हो । करिब ७० प्रतिशत मानव शरीर पानीबाट नै बनेको हुन्छ । हामि स्वस्थ रहन पानी महत्वपूर्ण मानिन्छ । हाम्रो शरीरमा पानिको कमि भयो भने मिर्गौलामा समस्या देखिने गर्छ ।
रगतमा युरिया र क्रिएटिनाइनको मात्रा बढ्ने भएकाले त्यसले मिर्गौलामा असर पु९याउँछ । पानीको कमी हुँदा विकारयुक्त वस्तु बाहिर निस्कन पाउँदैन । फलस्वरूप मिर्गौला कमजोर हुन्छ पानीको कमीका कारण एक्कासि शरीरमा रक्तचाप ९ब्लडप्रेसर० घट्ने हुन्छ ।
ब्लडप्रेसर घट्दा मुटुको चाल बढ्ने, रिँगटा लाग्ने, बान्ता आउनेजस्ता समस्या देखा पर्छन् शरिरमा पानीको कमहुँदा छाला सुक्खा हुने तथा चाउरी पर्ने समस्या हुन्छन् । ओठ फुट्ने, सुक्खा हुने, , चमक हराउने र रुखोपन आउने गर्छ । पानीले शरीरका जोर्नी तथा मांसपेशीलाई नरम बनाउने काम गर्छ त्यस्तै, पिँडौला दुख्ने, बाउँडिनेजस्ता समस्यासमेत देखा पर्छ पानीको कमी हुँदा क्याल्सियम र म्याग्नेसियमको पनि कमी हुन्छ ।
पाचन प्रणालीमा समस्या आउँदा अल्सर हुने, पेटमा ग्यास जम्मा हुने आदि समस्या देखिन्छ ।शरीरमा पानीको कमी भएमा थकान महसुस हुने र टाउको भारी भई दुख्ने हुन्छ । । पानीको मात्रा अलिकति मात्र कमी हुँदासमेत पूरै शारीरिक प्रणाली नै कमजोर हुन्छ ।
March 27, 2019 1:15 pm | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
यात्री समाज कुवेतद्वारा शिक्षामा सहयोग ,शैक्षिक सामग्री वितरण
मतदाताको गोपनीयता भङ्ग नगर्न झापा प्रशासनको आग्रह
चलचित्र पत्रकार दिनेश सिटौलाको निधन