परीक्षा सुरु हुनु अघि नै बाहिरियो सामजिक विषयको प्रश्नपत्र
धनुषा – माध्यमिक शिक्षा परीक्षा (एसईई)को सामाजिक विषयकाे प्रश्नपत्र पनि परीक्षा सुरु हुनु अघि नै बाहिरिएकाे छ । सप्तरी र धनुषामा अनिवार्य सामाजिक अध्ययन विषयकाे प्रश्नपत्र पनि बाहिरिएको आशंका गरिएको छ ।
विज्ञान विषयको प्रश्न पत्र बाहिरिएपछि बिहीबार प्रदेश २ मा साे विषयकाे परीक्षा नै रद्द गरिएकाे छ । विज्ञान विषयकाे परीक्षा हुनुभन्दा एक दिनअगावै प्रश्नपत्र बाहिरिएकाे थियाे ।
सामाजिक विषयकाे प्रश्नपत्र भने जनकपुरबाट बाहिरिएको हुन सक्ने र सप्तरीसम्म पुगेकाे आकलन गरिएकाे छ । सामजिक सञ्जालमार्फत प्रश्नपत्र फैलिएकाे बताइन्छ ।
आज शुक्रबार हुने परीक्षाको प्रश्नपत्र जनकपुरमा बिहीबार नै फेला परेको छ । सामाजिक सञ्जालमार्फत देखिएका प्रश्नपत्र आधिकारिक हाे वा हाेइन भन्ने खुलेकाे छैन, आज परीक्षा सुरु भएपछि यसकाे पुष्टि हुन सक्नेछ ।
राष्ट्रिय परीक्षा बोर्ड बैठकले प्रश्नपत्र बाहिरिएको विषयमा अध्ययन अनुसन्धानका लागि १५ दिने म्यादसहित छानबिन समिति गठन गरेकै दिन बिहीबार सामाजिक अध्ययनको प्रश्नपत्र पनि परीक्षाअगावै सामाजिक सञ्जालहरुमा देखा परेको हो । यद्यपि यसकाे पुष्टि हुन बाँकी छ ।
विज्ञान विषयको प्रश्नपत्रसँग समूह र नम्बरसहित लेखिएको हुबहु मिल्दा चिटहरु परीक्षाकाे एकदिनअगावैदेखि सप्तरी र सिरहालगायत जिल्लामा देखिएका थिए, अन्तत: प्रश्नपत्र बाहिरिएकाे पुष्टि भएपछि साे परीक्षा बिहीबार नै रद्द गरियाे ।
March 29, 2019 11:36 am | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन