परीक्षा सुरु हुनु अघि नै बाहिरियो सामजिक विषयको प्रश्नपत्र
धनुषा – माध्यमिक शिक्षा परीक्षा (एसईई)को सामाजिक विषयकाे प्रश्नपत्र पनि परीक्षा सुरु हुनु अघि नै बाहिरिएकाे छ । सप्तरी र धनुषामा अनिवार्य सामाजिक अध्ययन विषयकाे प्रश्नपत्र पनि बाहिरिएको आशंका गरिएको छ ।
विज्ञान विषयको प्रश्न पत्र बाहिरिएपछि बिहीबार प्रदेश २ मा साे विषयकाे परीक्षा नै रद्द गरिएकाे छ । विज्ञान विषयकाे परीक्षा हुनुभन्दा एक दिनअगावै प्रश्नपत्र बाहिरिएकाे थियाे ।
सामाजिक विषयकाे प्रश्नपत्र भने जनकपुरबाट बाहिरिएको हुन सक्ने र सप्तरीसम्म पुगेकाे आकलन गरिएकाे छ । सामजिक सञ्जालमार्फत प्रश्नपत्र फैलिएकाे बताइन्छ ।
आज शुक्रबार हुने परीक्षाको प्रश्नपत्र जनकपुरमा बिहीबार नै फेला परेको छ । सामाजिक सञ्जालमार्फत देखिएका प्रश्नपत्र आधिकारिक हाे वा हाेइन भन्ने खुलेकाे छैन, आज परीक्षा सुरु भएपछि यसकाे पुष्टि हुन सक्नेछ ।
राष्ट्रिय परीक्षा बोर्ड बैठकले प्रश्नपत्र बाहिरिएको विषयमा अध्ययन अनुसन्धानका लागि १५ दिने म्यादसहित छानबिन समिति गठन गरेकै दिन बिहीबार सामाजिक अध्ययनको प्रश्नपत्र पनि परीक्षाअगावै सामाजिक सञ्जालहरुमा देखा परेको हो । यद्यपि यसकाे पुष्टि हुन बाँकी छ ।
विज्ञान विषयको प्रश्नपत्रसँग समूह र नम्बरसहित लेखिएको हुबहु मिल्दा चिटहरु परीक्षाकाे एकदिनअगावैदेखि सप्तरी र सिरहालगायत जिल्लामा देखिएका थिए, अन्तत: प्रश्नपत्र बाहिरिएकाे पुष्टि भएपछि साे परीक्षा बिहीबार नै रद्द गरियाे ।
March 29, 2019 11:36 am | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :