सन्दिप लामिछानेको दिल्ली क्यापिटल्स विजयी
काठमाडौँ, १७ चैत । इण्डियन प्रिमियर लिगमा दिल्ली क्यापिटल्सले दोस्रो कठिन जित निकाल्न सफल भएको छ ।गएराति दिल्लीस्थित फिरोज कोट्ला स्टेडियममा भएको खेलमा नेपाली लेग स्पिनर सन्दिप लामिछानेको दिल्लीले कोलकत्ता नाइट राइडर्सलाई सुपर ओभरमा पराजित गरेको हो ।
पहिलो व्याटिङ गरेको कोलकत्ताले १८५ रन बनाउन सफल भएको थियो । दिल्लीले २० ओभरमा ६ विकेट गुमाएर १८५ रन जोडेपछि खेल सुपर ओभरमा गएको थियो ।सुपर ओभरमा दिल्लीले १ विकेट गुमाएर १० रन जोड्दै कोलकत्तालाई ११ रनको लक्ष्य दिएको थियो । दिल्लीका ऋषब पन्तले ६ रन जोडे । जवाफमा कोलकत्ताले १ विकेट गुमाएर ६ रन मात्र जोड्न सक्यो । उसका आन्द्रे रसेलले ४ रन जोडे ।
दिल्लीका पृथ्वी शले ५५ बलमा ९९ रन जोडेर आउट भए । कप्तान श्रेयस आयरले ४३ जोडे भने शिखर धवनले १६ रनको योगदान गरे ।कोलकत्ताका कुलदीप यादबले दुई तथा लोक्की फेर्गुसन, आन्द्रे रसेल र पियुस चावलाले एक एक विकेट लिए ।
कोलकत्ताकालागि रसेलले ६२ रन, कप्तान दिनेशले ५० रन, क्रिस ल्यानले २० रन, पियुस चावलाले अविजित १२, रोबिन उथप्पाले ११ तथा कुलदीप यादबले अविजित १० रन जोडे ।
दिल्लीका हर्सल पटेलले २ तथा सन्दीप लामिछाने, अमित मिश्रा, कागिसो राबडा र क्रिस मोरिसले एकएक विकेट लिए ।कोलकत्ताविरुद्ध सन्दीपले उत्कृष्ट प्रदर्शन गर्दै ४ ओभरमा २९ रन खर्चिएर १ विकेट लिए । यस्तै सन्दीपले एक खेलाडीलाई रन आउट गराए ।
जितसंगै दिल्लीले ३ खेलबाट ४ अंक जोडेको छ । दिल्ली लिगको दोस्रो स्थानमा रहेको छ ।कोलकत्ताले भने पहिलो हार व्यहोरेको छ । अघिल्ला २ खेल जितेको कोलकत्ताको पनि ४ अंक रहेको छ । कोलकत्ता शीर्ष स्थानमा छ ।
March 31, 2019 3:09 pm | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
फिलिपिन्सको सर्वाेच्च अदालतको ऐतिहासिक फैसला, समलिङ्गी जोडीले सम्पत्तिको सह–स्वामित्व लिन सक्ने
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
यात्री समाज कुवेतद्वारा शिक्षामा सहयोग ,शैक्षिक सामग्री वितरण
मतदाताको गोपनीयता भङ्ग नगर्न झापा प्रशासनको आग्रह