साउदी राजाद्वारा जेलमा रहेका ५१ जना नेपालीहरु लाई क्षमादान
साउदी अरबमा विभिन्न कसुरमा जेल मा रहेका ५१ जना नेपालीहरु साउदी राजाद्वारा उनीहरुको कैद,जरिवाना मिनाह गरि क्षमादान दिए पश्चात नेपाल फर्कन सफल भएका छन।
बिगत केहि महिनाको अन्तरालमा साउदी अरबका राजा द्वारा क्षमादान् प्रदान गरेर ५१ जना साथमा बिगत एक बर्ष देखि रक्सि खाएको केशमा जेलमा रहेका २८ जना नेपालीहरु नेपाल फर्किन सफल भएको जनाईएको छ। ब्लडमनि र जरिवाना तिर्न नसकी जेल मा रहेका ५ जना नेपालीको पनि बक्यौता रकम नेपाली समुदायको सहयोगमा जोहो भए पश्चात स्वदेश फर्केको जनाईएको एनए मिडियामा खबर छ।
साउदी अरबका लागि नेपाली राजदुत प्रा.डा महेन्द्र सिंह राजपुत द्वारा आफ्नो व्यक्तिगत फेसबुक एकाउन्ट मा प्रेषित गरिएको पोस्टमा जम्मा ८४ जना नेपालीहरु बिगत केहि महिनाको अबधिमा नेपाल फर्किएको जनाइएको हो महामहिम राजदुत ज्यु ले क्षमादान को लागि साउदी नरेशमा हार्दिक कृतज्ञता समेत जनाएका छन साथै साथ सहयोग दिने स्वदेश र विदेशमा रहेका नेपाली समुदाय प्रति धन्यवाद समेत दिएका छन।यति महत्वपूर्ण खबर नेपाली दुताबासको आधिकारिक फेसबुक पेजमा आउन ढिला हुनुमा भने नेपाली समुदाय ले चासो पुर्बक हेरेको देखिन्छ।
एनए मिडिया ले राजदुत प्रो.डा महेन्द्र सिंह राजपुत संग सम्पर्क गरि साउदी राजा द्वारा दिईएको क्षमादानमा नेपाली राजदुताबासको भूमिका समन्धमा सोधखोज गरेको थियो। कुराकानीमा उनले साउदी अरबमा समस्यामा पर्ने नेपालीहरुको रिहाईको सन्दर्भमा दुताबासको निरन्तर प्रयास रहने गरेको जनाएका छन। कुराकानी कै क्रममा फरक प्रसङ्गमा सिंह ले हाल साउदी अरबमा नेपाली महिला कामदारहरुको संगठित क्षेत्रमा भई रहेको बद्धोतरी र उनीहरुको पूर्ण सुरक्षाको लागी निकै गम्भीर रुपमा योजनाका साथ लागी परेको जनाएका छन साथै महिला कामदारहरु समन्धमा समुचित सुचना जहिल्यै पनि स्वागत गरिने समेत जनाएका छन।
April 3, 2019 12:15 am | Uncategorized
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन