साउदी राजाद्वारा जेलमा रहेका ५१ जना नेपालीहरु लाई क्षमादान
साउदी अरबमा विभिन्न कसुरमा जेल मा रहेका ५१ जना नेपालीहरु साउदी राजाद्वारा उनीहरुको कैद,जरिवाना मिनाह गरि क्षमादान दिए पश्चात नेपाल फर्कन सफल भएका छन।
बिगत केहि महिनाको अन्तरालमा साउदी अरबका राजा द्वारा क्षमादान् प्रदान गरेर ५१ जना साथमा बिगत एक बर्ष देखि रक्सि खाएको केशमा जेलमा रहेका २८ जना नेपालीहरु नेपाल फर्किन सफल भएको जनाईएको छ। ब्लडमनि र जरिवाना तिर्न नसकी जेल मा रहेका ५ जना नेपालीको पनि बक्यौता रकम नेपाली समुदायको सहयोगमा जोहो भए पश्चात स्वदेश फर्केको जनाईएको एनए मिडियामा खबर छ।
साउदी अरबका लागि नेपाली राजदुत प्रा.डा महेन्द्र सिंह राजपुत द्वारा आफ्नो व्यक्तिगत फेसबुक एकाउन्ट मा प्रेषित गरिएको पोस्टमा जम्मा ८४ जना नेपालीहरु बिगत केहि महिनाको अबधिमा नेपाल फर्किएको जनाइएको हो महामहिम राजदुत ज्यु ले क्षमादान को लागि साउदी नरेशमा हार्दिक कृतज्ञता समेत जनाएका छन साथै साथ सहयोग दिने स्वदेश र विदेशमा रहेका नेपाली समुदाय प्रति धन्यवाद समेत दिएका छन।यति महत्वपूर्ण खबर नेपाली दुताबासको आधिकारिक फेसबुक पेजमा आउन ढिला हुनुमा भने नेपाली समुदाय ले चासो पुर्बक हेरेको देखिन्छ।
एनए मिडिया ले राजदुत प्रो.डा महेन्द्र सिंह राजपुत संग सम्पर्क गरि साउदी राजा द्वारा दिईएको क्षमादानमा नेपाली राजदुताबासको भूमिका समन्धमा सोधखोज गरेको थियो। कुराकानीमा उनले साउदी अरबमा समस्यामा पर्ने नेपालीहरुको रिहाईको सन्दर्भमा दुताबासको निरन्तर प्रयास रहने गरेको जनाएका छन। कुराकानी कै क्रममा फरक प्रसङ्गमा सिंह ले हाल साउदी अरबमा नेपाली महिला कामदारहरुको संगठित क्षेत्रमा भई रहेको बद्धोतरी र उनीहरुको पूर्ण सुरक्षाको लागी निकै गम्भीर रुपमा योजनाका साथ लागी परेको जनाएका छन साथै महिला कामदारहरु समन्धमा समुचित सुचना जहिल्यै पनि स्वागत गरिने समेत जनाएका छन।
April 3, 2019 12:15 am | Uncategorized
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालले भारतलाई २ गोलले हरायो
जेनजी आन्दोलनमा भागेका कैदीबन्दीमध्ये झन्डै ५ हजार जना अझै फरार
भारतको दिल्लीमा वायु प्रदूषण हटाउन कृत्रिम वर्षा गराउने तयारी
जेनजीद्वारा माइतीघर मण्डलामा प्रदर्शन
चुनावमा भयरहित ढङ्गले मताधिकार प्रयोग गर्ने वातावरण बनाउन सरकार प्रतिवद्ध : प्रधानमन्त्री कार्की
कुवेतमा युवा शक्तिको अधिवेशन नोभेम्बर १४ मा हुने
क्षेत्राधिकार विस्तार गरी नगर विकास कोषलाई प्रभावकारी बनाइने
तमु (गुरुङ) समाज कुवेतले जनवरी २ मा ल्होछार सांस्कृतिक कार्यक्रम गर्ने