सञ्चालनमा आएको १० महिना नबित्दै फेरि बन्द भयो राजविराजमा विमान सेवा
सप्तरी – ६ दशकदेखि बन्द रहेको सप्तरीको राजविराज विमानस्थल सञ्चालनमा आएको १० महिना नबित्दै पुनः विमान सेवा ठप्प भएको छ ।
गएको असार १० गतेदेखि नियमित विमान सेवा थालिएको विमानस्थलमा सुरुमा साताको ५ दिन उडान भर्दै आएको थियो । प्राविधिक त्रुटी देखाउँदै केही महिनादेखि ३ दिन उडान भर्दै आएको श्री एयरलाइन्सले सोमबारदेखि अनिश्चितकालीन उडान सेवा बन्द गरेको छ ।
सूचना बिना नै एयरलाइन्स कम्पनीले विमान सेवा बन्द गरेको राजविराज नागरिक उड्डयन कार्यालयले जनाएको छ । वि सं २०१६ सालमा तत्कालीन यातायातमन्त्री स्व.गणेशमान सिंहले शिलान्याश गरी सञ्चालनमा ल्याएको विमानस्थल हो, ‘राजविराज विमानस्थल’ । केही दिन सञ्चालन पश्चात कच्ची धावनमार्गको समस्या देखाउँदै विमान सेवा पूर्ण रुपमा ठप्प नै गरियो ।
पछि विभिन्न प्रयासले विमानस्थलमा एक हजार पाँच सय मिटर लामो र ३० मिटर चौडाइको पक्की धावनमार्ग, ९० मिटर लामो र ६० मिटर चोडाइ एप्रोन तथा १ सय १० मिटर लामो र २० मिटर चौडाइको ट्याक्सी वे पक्की निर्माण भएपछि गएको जेठ ९ गते श्री एयरलाइन्सले सफल परीक्षण गर्यो ।
झण्डै ६ दशकपछि गएको असार १० गतेबाट राजविराज विमानस्थलमा नियमित हवाई सेवा सुचारु भयो । श्री एयरलायन्सको ५० सिट यात्रु क्षमता भएको विमानले साताको पाँच दिन उडान सुरु गर्यो । पाँच महिनासम्म शनिबार र मङ्गलबार बाहेक श्री एयरलायन्सले नियमित उडान सेवा सञ्चालन गरेको थियो । पछि प्राविधिक समस्या देखाउँदै एयरलायन्स कम्पनीले दुई महिना यता सातामा ३ दिन मात्रै उडान भर्ने समय तालिका कायम गरेको थियो ।
राजविराज नागरिक उड्डयन कार्यालयले विमानस्थलको पूर्वतर्फ ७ सय मिटरकै दुरीमा ९० फिटको अग्लो ४ वटा चिम्नी (ईट्टा भट्टा) का कारण विमान सेवा सञ्चालनमा गम्भीर समस्या भइरहेको जनाएको छ ।
April 3, 2019 10:26 am | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
फिलिपिन्सको सर्वाेच्च अदालतको ऐतिहासिक फैसला, समलिङ्गी जोडीले सम्पत्तिको सह–स्वामित्व लिन सक्ने
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
यात्री समाज कुवेतद्वारा शिक्षामा सहयोग ,शैक्षिक सामग्री वितरण
मतदाताको गोपनीयता भङ्ग नगर्न झापा प्रशासनको आग्रह