

सञ्चालनमा आएको १० महिना नबित्दै फेरि बन्द भयो राजविराजमा विमान सेवा

सप्तरी – ६ दशकदेखि बन्द रहेको सप्तरीको राजविराज विमानस्थल सञ्चालनमा आएको १० महिना नबित्दै पुनः विमान सेवा ठप्प भएको छ ।
गएको असार १० गतेदेखि नियमित विमान सेवा थालिएको विमानस्थलमा सुरुमा साताको ५ दिन उडान भर्दै आएको थियो । प्राविधिक त्रुटी देखाउँदै केही महिनादेखि ३ दिन उडान भर्दै आएको श्री एयरलाइन्सले सोमबारदेखि अनिश्चितकालीन उडान सेवा बन्द गरेको छ ।
सूचना बिना नै एयरलाइन्स कम्पनीले विमान सेवा बन्द गरेको राजविराज नागरिक उड्डयन कार्यालयले जनाएको छ । वि सं २०१६ सालमा तत्कालीन यातायातमन्त्री स्व.गणेशमान सिंहले शिलान्याश गरी सञ्चालनमा ल्याएको विमानस्थल हो, ‘राजविराज विमानस्थल’ । केही दिन सञ्चालन पश्चात कच्ची धावनमार्गको समस्या देखाउँदै विमान सेवा पूर्ण रुपमा ठप्प नै गरियो ।
पछि विभिन्न प्रयासले विमानस्थलमा एक हजार पाँच सय मिटर लामो र ३० मिटर चौडाइको पक्की धावनमार्ग, ९० मिटर लामो र ६० मिटर चोडाइ एप्रोन तथा १ सय १० मिटर लामो र २० मिटर चौडाइको ट्याक्सी वे पक्की निर्माण भएपछि गएको जेठ ९ गते श्री एयरलाइन्सले सफल परीक्षण गर्यो ।
झण्डै ६ दशकपछि गएको असार १० गतेबाट राजविराज विमानस्थलमा नियमित हवाई सेवा सुचारु भयो । श्री एयरलायन्सको ५० सिट यात्रु क्षमता भएको विमानले साताको पाँच दिन उडान सुरु गर्यो । पाँच महिनासम्म शनिबार र मङ्गलबार बाहेक श्री एयरलायन्सले नियमित उडान सेवा सञ्चालन गरेको थियो । पछि प्राविधिक समस्या देखाउँदै एयरलायन्स कम्पनीले दुई महिना यता सातामा ३ दिन मात्रै उडान भर्ने समय तालिका कायम गरेको थियो ।
राजविराज नागरिक उड्डयन कार्यालयले विमानस्थलको पूर्वतर्फ ७ सय मिटरकै दुरीमा ९० फिटको अग्लो ४ वटा चिम्नी (ईट्टा भट्टा) का कारण विमान सेवा सञ्चालनमा गम्भीर समस्या भइरहेको जनाएको छ ।
April 3, 2019 10:26 am | टप
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

नेपालकी लोकप्रिय लोकदोहोरी गायिका प्रीति आले, भोलि बिहान १०:३० बजे कुवेत आउदै।

स्वास्थ्य बीमा समयमा नवीकरण नगरे चार गुणासम्म थप शुल्क लगाउने सरकारको चेतावनी

दाङको देउखुरीमा टिप्परको ठक्कर बाट मोटर साइकालमा स्वारी दुई जाना मध्य एक जनाको मिर्त्यु

एकदिवसीय शृङ्खलाको पहिलो खेलमा दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई हरायो

नेपाल कुवेत संस्कृतिक मन्चले आयोजना गरेको हरितालिका तिज बिशेष सांगितिक धमका २०२५

इजरायली राष्ट्रपतिसँग विपिनकी आमा र बहिनीको भेट

किरात राई यायोक्खा कुवेतको चौथो अधिवेशन १२ सेप्टेम्बरमा केन्द्रिय अध्यक्ष जीवन हाताचो राई कुबेत आउँदै

संखुवासभा समाज कुवेतको प्रथम वार्षिक उत्सव सम्पन्न

