सन्दीप विश्वकै सर्वाधिक विकेट लिने स्पिनर बने !
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)का अनुसार नेपाली लेग स्पिनर सन्दीप लामिछाने सन् २०१९ मा सर्वाधिक विकेट लिने स्पिनर बनेका छन् । सन् २०१९ को जनवरीदेखि अप्रिल १ सम्म सन्दीपले २७ विकेट लिँदै पाकिस्तानका पूर्वकप्तान शाहिद अफ्रिदी, अफ्गानिस्तानका राशिद खान, बङ्गलादेशका सकिब अल हसनलाई पछि पार्दै यो किृतिमानी कायम गरेका हुन् ।
सन्दीपले जनवरीयता खेलेका सबै खेलमा गरेर २७ विकेट लिएका छन् । बङ्गलादेश प्रिमियर लिगमा सिल्हेट सिक्सर्सबाट खेलेको खेलमा सन्दीपले चार विकेट लिएका थिए । त्यस्तै यूएईसँगको तीन टि–२० सिरिजमा उनी पाँच विकेट लिन सफल भएका थिए ।
युएईसँगको सिरिजपछि पुनः अष्ट्रेलियाको बिग ब्यास लिग खेल्न गएका सन्दीपले ४ विकेट लिएका थिए । पाकिस्तान सुपर लिगमा सन्दीपले ११ विकेट लिए । जारी आइपिएलमा सुरुवाती दुई खेलमा तीन विकेट लिएपछि सन्दीपले २७ विकेट पुगाउदै यो कृतिमानी कायम गरेको हो ।
सन् २०१९ मा अफ्रिदीले २६, राशिद २५ र सकिबले २४ विकेट लिएका छन् । सन्दीप अहिले दिल्ली क्यापिटल्सबाट इन्डियन प्रिमियर लिग (आइपिएल) खेलिरहेका छन् । उनले सोमबार रातिको लिगअन्तर्गत १३औँ खेलमा किङ्ग्स इलेभेन पञ्जाबसँग ४ ओभरमा २७ रन खर्चेर दुई विकेट लिएका थिए ।
April 3, 2019 11:07 am | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन