Saturday 16th May 2026

‘यात्रा’ नयाँ गीतः ‘डुली डुली’मा मलिकाको मधुरता (भिडियो)

7 years अगाडी

चैत्र २९ बाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘यात्रा’को नयाँ गीत रिलिज भएको छ । सार्वजनिक गीतमा अभिनेत्री मलिका महत मुख्यतः फिचर छिन् । मलिकाको एकल (तपस्या) साँझमा उनले आफ्नो सांगितिक मधुरता प्रस्तुत गरेको देखिन्छ ।

‘डुली डुली’ बोलको गीतमा दिवेश उप्रेती र प्रतिक पौडेलले शब्द र संगीतमा साझेदारी गरेका छन् भने मेलिना राईले स्वर भरेकी छिन् । ‘ब्लाइण्ड गर्ल’ मलिकाले गाउँदेखि शहर आएर स्टार बन्दासम्मको यात्रा फिल्ममा समावेश छ ।

सम्राट बस्नेतको निर्देशनमा बनेको यो फिल्मबाट मलिकाले रजतपटमा डेब्यू गरेकी हुन् भने उनिसँगै सलिनमान बनियाँ, प्रेक्षा बज्राचार्य, राजाराम पौडेल, विशाल कटुवाल, धिरेन शाक्य, सलोन बस्नेत, प्रकाश अधिकारी लगायत लिड रोलमा छन् ।

CHECK THIS OUT

Mgid


          April 4, 2019 7:23 pm | Uncategorized


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...