नेपाल-भारत सीमानाका तीन दिन बन्द हुने
बैतडी। भारतसँग सीमा जोडिएका बैतडीसहित सुदूरपश्चिमका सबै नाका तीन दिनका लागि बन्द हुने भएका छन्। यही चैत २८ गते भारतमा हुने लोकसभा निर्वाचनलाई मध्यनजर गर्दै नेपाल-भारत सीमानाका बन्द हुने बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिए।
भारतको उत्तराखण्ड प्रदेशसँग जोडिएको सुदूरपश्चिमका सबै नाकाहरु चैत २६
गतेदेखि २८ गतेसम्मका लागि बन्द हुने भएका हुन्। भारतको पिथौरागढमा सम्पन्न
नेपाल–भारत सीमा सुरक्षा बैठकले उक्त निर्णय गरेको होे।
सीमाक्षेत्रमा हुने चुनावलाई शान्तिपूर्वक सम्पन्न गर्न, मानव बेचबिखन
नियन्त्रण, वन्यजन्तु तथा वनस्पती पदार्थ चोरीशिकारी नियन्त्रण, अवैध
मुद्रा कारोबार नियन्त्रण, लागुपदार्थ ओसारपसार रोकथाम, सीमा सुरक्षाका
विषयमा सूचना आदानप्रदान गर्ने, सीमामा संयुक्त सुरक्षा गस्ती गर्ने गरिने
सन्दर्भमा समेत उक्त बैठकमा छलफल भएको थियो।
यसका साथै भन्सारमा जाँच र नेपालीले भारतमा पाउँदै आएको पेन्सनलाई सहजरूपमा प्राप्त गर्ने वातावरण सिर्जना गर्ने विषयमा पनि छलफल भएको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ। रासस
April 5, 2019 12:20 pm | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन