

चिहान खनेर हजुरबुवाको खप्पर निकाली बोकेर सडकमा किन उत्रिए यी युवक ?

एजेन्सी – एक युवाले मृत हजुरबुबाको खप्पर लिएर सडकमा उत्रेका छन् । रेसिङ क्लबले अर्जेन्टिनी फुटबल लिगको उपाधि पक्का गरेपछि उनि हजुरबुवाको खप्पर बोकेर सडकमा उत्रिएका हुन् । रेसिङले घरेलु लिगको उपाधि पक्का गरेपछी खुसियालीमा हजुरबुवाको चिहान खनेर युवा सडकमा उत्रेका हुन् । रेसिङले सोमबार सम्पन्न खेलमा टिग्रेसँग १–१ गोलको बराबरी खेलेको थियो ।
रेसिङले घरेलु लिगको उपाधि पक्का गरेपछी रेसिङका गाब्रियल नामक समर्थकले हजुरबुबाको चिहान खनेर खप्पर निकाली उत्सब मनाएका हुन् । नाङगो शरीरमा हातमा खप्पर लिएका उनले भने ‘उनी ९हजुरबुवा० पनि रेसिङकै समर्थक थिए ।
अहिले क्लबले उपाधि जितेको छ । मैले उनको खप्पर बोकेर आएको छु । मलाई लाग्छ उनले यस कुरामा गर्व गर्नेछन् ।’अर्जेन्टिनी लिगमा रेसिङले २४ खेल खेल्दा १७ खेलमा जित, ५ खेलमा बराबरी तथा २ खेलमा हार व्यहोरेर कूल ५६ अंक जोडेको छ ।
April 6, 2019 12:41 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

स्वर्गीय नेता मदन भण्डारीको ७५औं जयन्ती मूल व्यवस्थापन समिति गठन

घुस प्रकरणमा मुछिएका मन्त्री गुप्तालाई कारबाही गर्न चौतर्फी दबाव

एनआरएनए कुवेतको अध्यक्षको लागि तीन जनाको उम्मेदवारी, आईसिसी सदस्यमा गिरि एक्लो उम्मेदवार

आदिकवि भानभक्त आचार्यको जन्मजयन्ती मनाइँदै

झापाली समाज कुवेतको छैटौ अधिवेशन बाट अध्यक्ष पदमा लिला पाण्डे निर्वाचित

काठमाण्डाै महानगरको बजेट सीमा २५ अर्ब ११ करोड रुपैयाँ

नेपाल पत्रकार महासङ्घ कुवेतद्वारा सचिवद्वय गौतम र बिँडारीलाई गर्यो बिदाई

झापाली समाज कुवेतको छैटौ महाधिवेशनको सम्पुर्ण तयारी पुरा

