मौसम खराबीका कारण प्रधानमन्त्री ओलीको चतराधाम जाने कार्यक्रम स्थगित, मुख्यमन्त्री राईले उद्घाटन गर्ने
काठमाडौं, चैत २३ । मौसममा आएको खराबीका कारण प्रधानमन्त्री केपी शर्मा ओलीको सुनसरीको चतराधाम जाने कार्यक्रम स्थगित भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली बराह क्षेत्रमा रहेको चतराधाममा शनिबारदेखि हुने अर्धकुम्भ मेलाको उद्घाटनका लागि जाने कार्यक्रम थियो । तर मौसममा आएको खराबीका कारण प्रधानमन्त्रीको चतरा भ्रमण स्थगित भएको उनको निजी सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री ओलीसहित उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेल पनि चतरा जाने कार्यक्रम थियो । रक्षा मन्त्री पोखरेल पनि नजाने भएका छन् । चतराधाममा शनिबारदेखि दोस्रो अर्धकुम्भ मेला सुरु हुँदैछ ।
प्रधानमन्त्री ओलीले आफू जान नपाएपछि लिखित सन्देश पठाएको उनको निजी सचिवालयले जनाएको छ । नेपालका प्रथम जगद्गुरु अनन्त श्री विभुषित बालसन्त मोहनशरण देवाचार्यले संकल्प गरि महास्नानको सुरुवात गर्ने तयारी छ ।
मेलाको प्रदेश एकका मुख्य मन्त्री शेरधन राईले उद्घाटन गर्ने तयारी भएको छ । मेलामा नेपालसहित भारत, बर्मा, भुटान, अमेरिका, बेलायतसहितका देशबाट भक्तजन आउने छन् । मेलामा स्नान गर्नाले एक लाखपटक पृथ्वीको परिक्रमा गरे बराबरको पूण्य मिल्ने विश्वास छ ।
April 6, 2019 1:34 pm | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन