साउदीमा मनाईयो दोश्रो विश्व नेवा दिवस:
शुक्र मोक्तान,
साउदीको पूर्वी सहर दम्माम स्थित रहेको अल खयाम रेस्टुरेण्टमा ५ अप्रिल २०१९ शुक्रबारका दिन भव्यता पूर्वक दोश्रो विश्व नेवा: दिवस मनाएको छ।वैधिक विधी अनुरूप जेष्ठ अग्रज श्रीमती छलीमाया श्रेष्ठले गणेशको पुजा गरी उनको हातबाट टिका र आशिर्वाद प्रदान गर्दै कार्यक्रमको सुरूवात गरिएको थियो।श्रीकृष्ण श्रेष्ठको सभापतित्वमा रहेको उक्त कार्यक्रममा नेपाली राजदुताबास रियादका द्वितिय सचिव भरत खनालको प्रमुख आतिथ्य र साउदीमा रहेका विभिन्न सामाजीक संघ संस्थाका प्रतिनिधी, श्रम जिवी, बुद्धी जिवी, व्यबसायी तथा समाज सेवी साथै संचार कर्मीहरू अतिथीको रूपमा उपस्थित थिए।

राष्ट्रिय गान पछी हालसालै बारा र पर्सा जिल्लामा प्राकृतिक विपत्तीमा ज्यान गुमाएका मृतात्म प्रति दु:ख प्रकट गर्दै मौनधारण गरेका थिए।श्रीमती सनिता श्रेष्ठको स्वागत मन्तव्य राखेका थिए भने श्रीमती ईन्दिरा श्रेष्ठले धन्यवाद ज्ञापन मन्तव्य राखेका थिए भने वक्ताहरूले शुभकामना व्यक्त गर्दै नेवा: संस्कृती र नेपाली पहिचान बारे आ-आफ्नो धाराणा राखेका थिए।साथै उक्त कार्यक्रममा दिक्षा थापा र दिव्य थापाले मनोरन्जनात्मक नृत्य प्रस्तुत गरेका थिए।

कार्यक्रममा नितान्त नेवारी परिकार सहितको नेवारी भोजको व्यवस्था गरिएको थियो भने उक्त कार्यक्रमको संचालकको भुमिकामा रोशन श्रेष्ठ रहेका थिए।

प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन