

साउदीमा मनाईयो दोश्रो विश्व नेवा दिवस:
शुक्र मोक्तान,
साउदीको पूर्वी सहर दम्माम स्थित रहेको अल खयाम रेस्टुरेण्टमा ५ अप्रिल २०१९ शुक्रबारका दिन भव्यता पूर्वक दोश्रो विश्व नेवा: दिवस मनाएको छ।वैधिक विधी अनुरूप जेष्ठ अग्रज श्रीमती छलीमाया श्रेष्ठले गणेशको पुजा गरी उनको हातबाट टिका र आशिर्वाद प्रदान गर्दै कार्यक्रमको सुरूवात गरिएको थियो।श्रीकृष्ण श्रेष्ठको सभापतित्वमा रहेको उक्त कार्यक्रममा नेपाली राजदुताबास रियादका द्वितिय सचिव भरत खनालको प्रमुख आतिथ्य र साउदीमा रहेका विभिन्न सामाजीक संघ संस्थाका प्रतिनिधी, श्रम जिवी, बुद्धी जिवी, व्यबसायी तथा समाज सेवी साथै संचार कर्मीहरू अतिथीको रूपमा उपस्थित थिए।

राष्ट्रिय गान पछी हालसालै बारा र पर्सा जिल्लामा प्राकृतिक विपत्तीमा ज्यान गुमाएका मृतात्म प्रति दु:ख प्रकट गर्दै मौनधारण गरेका थिए।श्रीमती सनिता श्रेष्ठको स्वागत मन्तव्य राखेका थिए भने श्रीमती ईन्दिरा श्रेष्ठले धन्यवाद ज्ञापन मन्तव्य राखेका थिए भने वक्ताहरूले शुभकामना व्यक्त गर्दै नेवा: संस्कृती र नेपाली पहिचान बारे आ-आफ्नो धाराणा राखेका थिए।साथै उक्त कार्यक्रममा दिक्षा थापा र दिव्य थापाले मनोरन्जनात्मक नृत्य प्रस्तुत गरेका थिए।

कार्यक्रममा नितान्त नेवारी परिकार सहितको नेवारी भोजको व्यवस्था गरिएको थियो भने उक्त कार्यक्रमको संचालकको भुमिकामा रोशन श्रेष्ठ रहेका थिए।


प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित

जेन जी’ प्रदर्शन : १९ जनाको ज्यान गयो, झन्डै साढे ३ सय जनाकाे उपचार चल्दै

कुवेतस्थित नेपाली दूतावासमा नयाँ द्वितीय सचिवको कार्यभार प्रारम्भ

आज अन्तर्राष्ट्रिय परोपकार दिवस

प्रेस विज्ञप्ती (महेश पक्ष)एनआरएनए कुवेतद्वारा तथ्यहीन समाचारको खण्डन

३० गतेदेखि १ सय ११ ठाउँमा चाडपर्वलक्षित सहुलियत मूल्य पसल सञ्चालन हुने

वीरगञ्जमा अहिलेसम्म १ सय ३६ जनामा हैजा सङ्क्रमण

नेपालकी लोकप्रिय लोकदोहोरी गायिका प्रीति आले, भोलि बिहान १०:३० बजे कुवेत आउदै।

स्वास्थ्य बीमा समयमा नवीकरण नगरे चार गुणासम्म थप शुल्क लगाउने सरकारको चेतावनी

