यस्तो छ संसारकै सर्वाधिक महँगो कार, जसको मूल्य सुन्दै होश उड्छ
काठमाडौं, । इटालीयन कार कम्पनी पगानी अटोमोबाइल फाउन्डर होरेशियोले बेलायतको पश्चिमी सक्सेसमा आयोजित गुडवुड फेस्टिवल अफ स्पिड २०१८ मा संसारकै सबैभन्दा महगोे कार सार्वजनिक गरेको छ । पगानीले एचपी वार्शेटा नाम दिइएको सो कारको मुल्य १३.५ मिलीयन पाउन्ड अर्थात २ सय १७ करोड निर्धारण गरेको छ ।
यो कार हालसम्म उत्पादन भएका मध्ये सबैभन्दा महङ्गा कार अन्र्तगत परेको छ । यसमा ७.३ लिटरको एएमजी भी १२ इन्जिन दिइएको छ जसमा ६ स्पिड गियरबक्स लगाइएको छ । यसको अलवा सस्पेन्शन कोयल स्प्रिंग दिइएको छ । त्यस्तै, कारमा ७८९ बिएचपी पावर दिइएको छ । यसको अधिकतम गती ३३८ कीमी रहेको छ ।
कम्पनीले मात्रै तीन ओटा एपची बार्शेटा उत्पादन गर्ने जनाएको छ । जसमध्ये कम्पनी स्वंयमले एउटा कार राख्ने छ । लेम्बार्गिनी उत्पादनका लागि काम गर्दै आएको होरेर्सियोले सन् १९९२ बाट पगानी अटोमोबाइलको सुरुवात गरेको थियो ।
कम्पनीले पछिल्ला २६ वर्षयता शानदार गाडि निर्माण गर्दै आएको छ । तर यसले, फरारी,लेम्बार्गिनीको तुलनामा निक्कै कम संख्यामा कार उत्पादन गरेको छ । गुडवुड फेस्टिभल हरेक वर्ष आयोजना गर्ने गरिन्छ । फेस्टिभलमा ऐतिहासिक मोटर रेसिंगको प्रदर्शनी गरिन्छ । यो इभेन्ट हरेक वर्षको जुनको अन्त्य वा जुलाइको सुरुवातमा आयोजना हुने गरेको छ ।
April 7, 2019 12:41 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन