मोरङसुनसुनसरी सेवा समाज कुवेत द्धारा आर्थिक सहयोग हस्तान्तरण
कुवेत -मोरङसुनसरि सेवा समाज चाहना सभ्य र समृद समाज को मुख्य उदेस्य भन्ने मूल नारालाई संस्थाको आर्दश र सिद्धान्तका रूपमा आत्मासाथ गर्दै आफ्नो स्थापनाको झन्डै ३ बसन्त पुरा गर्दै गरेको अवस्थामा मोरङसुनसरि सेवा समाज कुवेत ले नेपाल र कुवेत मा आफूले सक्दो आर्थीक , भौतिक र नैतिक रूपमा साथ र सहयोग गर्दै आईरहेको कुरामा सङ्लो पानी झै सबै सामु छर्लङ साथ प्रस्तुत गर्दै आईरहेको छ र आसा गरौं भावी आउने दिनहरूमा निरन्तर रूपमादिईरहने छ ।
सप्तकोशी नदि जसरी एकरूपतामा अबिरल , अटुट र अबिछिन्न रूपमा आफ्नो मार्गमा निरन्तर बगिरहेको छ । त्यसैगरि यो संस्था पनि बिगत आफ्नो स्थापनाकालदेखि यसरी नै बगिरहेको छ र बगिरहने छ । यो संस्थाको उद्धेश्य मोरङसुनसरी सेवा समाज कुवेत मा स्थापित भएका बिभीन्न सामाजिक संघ संस्थाहरूसँग कार्यगत एकता , समन्वय , सहयोग , सामान्जयता , हातेमालो , आपसी हित का लागि निरन्तरता दिनका लागी यस संस्थाले मार्गचित्र भित्र अंगीकार गरेको छ । यसै गरि मोरङ जिल्ला उर्लाबारी नगरपालिका ६ मा स्थाइ रुप मा बसोबाँस गर्ने रबिन बराइली र ललिता बराइली का बर्स १ का छोरा श्रेअन बराइली काेक्राे बाट लडि देब्रे खुट्टा तिध्रा भाचियो ।उपचार काे क्रममा काठमाण्डाै काे कान्ति बालहस्पिटल , टिचिङ,हुँदै ग्राण्डि हस्पिटल सम्म पुरयाउदा पनि अन्त्य मा बच्चा काे खुट्टा काट्नै पर्ने भयाे ।काटियाे । हाल बच्चा ग्राण्डि मा उपचार भै रहे काे छ ।
अब श्रेअन बराईलि काे थप उपचार का लगि अार्थिक शहयाेग का लागि परिवार जन् ले दयालु दाता माहानुभाव ,संघ संस्था, उध्याेगि ,व्यापारी देसबिदेस मा रहनुहुने मानुभाबहरु बाट अार्थिक शहयाेग काे याचना गर्नु भएको हुदा। मोरङसुनसरी सेवा समाज कुवैत बाट उहाँ को उपचार को लागि मोरङसुनसरी सेवा समाज कुलागी बाट थप सहयोग गरिएको छ र केही समय को लागि बिदा मा नेपाल मै रहनु हुने मोरङसुनसरी सेवा समाज कुवेत का अध्यक्ष श्री अरुन लिम्बू ज्यु लगायत उहाँकि धर्मपत्नि यस मोरङसुनसरी सेवा समाज कि कोषाध्यक्क्ष श्री रोहिनी लिङ्गलेकु लिब्बु र अन्य साथी हरु को उपस्थित मा रहि पीडित परिवार को घर मै पुगि आर्थिक सहयोग नेपाली ३७,५९५ हजार हस्तान्तरण गर्नु भएको छ
(धन्यबाद)
(मोरङसुनसरि सेवा समाज कुवेत )