

भूकम्पले सगरमाथको उचाई कम भयो ? थाहा पाउन पुनः मापन गरिँदै

विश्वकै सर्वोच्च शिखर सगरमाथाको उचाई मापन गर्न सरकाले पर्वतारोहीको एक दल पठाउने भएको छ । २०७२ सालको महाभूकम्पपछि सगरमाथाको उचाइ घटेको हुनसक्ने विभिन्न अड्कलबाजीका बीच सरकारले यसको उचाई पुनः मापन गर्ने निर्णय गरेको हो । सरकारी अधिकारीले सोमबार चार सर्वेक्षक बुधबार सगरमाथाका लागि प्रस्थान गर्ने जानकारी दिएका छन् ।
भारतमा ब्रिटिश शासन गर्दाको समयमा सन् १८५५ मा सर्भे अफ इन्डियाको तर्फबाट जर्ज एभरेष्टले नापेपछि सगरमाथाको नामाङ्कन एभरेष्ट गरिएको थियो । त्यसपछि चीनले गैरकानूनी रुपमा सन् २००५ मा नापेर ८,८५० मिटर बनाएको थियो, इटाली र नेशनल जोग्राफीले समेत नापे तर भारतले मापन गरेको उचाई नै सर्वमान्य भयो ।
सन् २०१५ मा नेपालमा आएको विध्वंसकारी भूकम्पपछि भूकम्पका कारण सगरमाथाको उचाइ घटेको भन्ने बहस चर्कियो । नापी विभागले यो विषयमा पूर्ण विराम लगाउनका लागि २०१७ मा सर्वेक्षण दललाई मंजुरी दिएको थियो ।‘भूकम्पपछि सगरमाथाको उचाइमा प्रश्न उठ्न थालेपछि हामीले सगरमाथाको पुनः मापन गर्न दल पठाउन लागेका हौं, नापी विभागका संयोजक सुशिल डंगोलले एफपीलाई बताए ।
April 9, 2019 10:46 am | टप
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

नेपालकी लोकप्रिय लोकदोहोरी गायिका प्रीति आले, भोलि बिहान १०:३० बजे कुवेत आउदै।

स्वास्थ्य बीमा समयमा नवीकरण नगरे चार गुणासम्म थप शुल्क लगाउने सरकारको चेतावनी

दाङको देउखुरीमा टिप्परको ठक्कर बाट मोटर साइकालमा स्वारी दुई जाना मध्य एक जनाको मिर्त्यु

एकदिवसीय शृङ्खलाको पहिलो खेलमा दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई हरायो

नेपाल कुवेत संस्कृतिक मन्चले आयोजना गरेको हरितालिका तिज बिशेष सांगितिक धमका २०२५

इजरायली राष्ट्रपतिसँग विपिनकी आमा र बहिनीको भेट

किरात राई यायोक्खा कुवेतको चौथो अधिवेशन १२ सेप्टेम्बरमा केन्द्रिय अध्यक्ष जीवन हाताचो राई कुबेत आउँदै

संखुवासभा समाज कुवेतको प्रथम वार्षिक उत्सव सम्पन्न

