हनिमूनमा श्रीमानले के गरे त्यस्तो ? श्रीमतीले दिइन् सम्बन्धविच्छेदको निवेदन
दुबइ। संयुक्त अरब इमिरेट्स (यूएई) मा एक नवविवाहित महिलाले आफ्नो श्रीमानको बानीले आजित भएपछि सम्बन्धविच्छेदको निवेदन दिएकी छिन् । खलिज टाइम्सको रिपोर्ट अनुसार हनिमूनमा गएकी महिलाले यूएईमा आफ्ना ‘लोभी’ श्रीमानसँग सम्बन्धविच्छेद गर्न अदालतमा निवेदन दिएकी छिन् ।
महिलाले अबू धाबी डिपार्टमेन्ट अफ फ्यामिली अफेयर्स (पर्सनल स्टेटस) मा सम्बन्धविच्छेको निवेदन दिएकी हुन् । उनको विवाह भएको तीन हप्तामात्रै भएको छ । महिलाका अनुसार उनका इरानियन श्रीमानले हनिमुनमा एक दिरहाम (यूएइको मुद्रा) खर्च नगरेका कारण आफूले सम्बन्धविच्छेदको निवेदन दिनुपरेको हो ।
उनका श्रीमानले घर खर्चमा लाग्ने सबै रकम, बत्ती–पानीको बिल सबै उनलाई नै तिराउने गरेको दाबी गरिन् । ‘उनले हाम्रो विवाहमा एक पैसा पनि खर्च गरेनन्,’ उनले अदालतलाई भनिन् । सम्बन्धविच्छेद पाउन ती महिलाले आफ्नो सबै अधिकार त्याग्न तयार भएको बताइन् ।
यता महिलाभन्दा १३ वर्ष कान्छा उनका श्रीमानले भने आफ्नो नीजि कागजात सबै हराएकाले श्रीमतीलाई आफ्नो नाममा बिल भुक्तानी गर्न लगाएको बताए । ती महिलाले घरका लागि चाहिने दराज, खाट, सोफालगायतका सबै आवश्यक सर–सामान किनेपनि त्यसको प्रशंसा गर्नुको साटो श्रीमानले आफूलाई उपेक्षा गर्न थालेको बताइन् । उनीहरुको वैवाहिक सम्बन्धमा फाटो ल्याउने यो पनि एउटा कारण हो ।
April 11, 2019 12:18 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन