Wednesday 27th August 2025

मतदातालाई सन्यासी उम्मेदवारकाे धम्की : मलाई भोट देऊ, नत्र म तिमीहरुलाई श्राप दिन्छु !

6 years अगाडी

भारतीय जनता पार्टीका सांसद तथा लोकसभा उम्मेदवार साक्षी महाराजले उत्तर प्रदेशकाे उन्नावमा जनसभालाई सम्बोधन गर्दै फरक शैलीमा भोट मागेका छन् । ‘म सन्यासी हुँ र म भोट माग्न आएको हुँ, यदि मलाई भोट दिनुहुन्न भने तपाइँहरुलाई म मेरो श्राप दिन्छु,’ सधैँ चर्चा र विवादमा रहने उनले भने ।

जनसभालाई सम्बोधन गर्दै उनले भने, ‘म सन्यासी हुँ र जब एक सन्यासी कसैको घरमा आउँछ भने ऊ भिक्षा माग्छ, याचना माग्छ । यदि उसको कुरा नमान्दा तपाईँहरुलाई थाहा नै छ, सन्यासी गृहस्थीको पुण्य लिएर जान्छ र आफ्नो पाप दिएर जान्छ, यो शास्त्रमा लेखिएको छ । म सम्पत्ति माग्न आएको होइन, जमिन र हिस्सा माग्न पनि आएको होइन, केही अर्कै वस्तु माग्न आएको हुँ ।’

उन्नावमा चोथौ चरण अर्थात् २८ अप्रिलमा मतदान हुँदैछ । 

यसभन्दा अघि सुल्तानपुरमा मुस्लिम समुदायलाई सम्बोधन गर्दै केन्द्रीय मन्त्री मेनका गान्धीले पनि आफूले मुस्लिम भोटबिना नै जितेमा उनीहरुको समस्या समाधान नगर्ने बताएकी थिइन् । घुमाउराे पारामा उनले मुस्लिम समुदायले आफूलाई भाेट नदिए त्यस समुदायलाई नहेर्ने बताएकी छिन् ।

पश्चिम बंगालकी मुख्यमन्त्री तथा टीएमसी (तृणमूल कंग्रेस) प्रमुख ममता बनर्जीले गएको शुक्रबार सेनाका अवकाशप्राप्त अधिकारीप्रति समर्थन प्रकट गरेकी छिन् । सेनाका अवकाशप्राप्त अधिकारीले चुनावमा सेनालाई प्रयाेग गरिएकाे भन्दै राष्ट्रपतिलाई पत्र लेखेका थिए । 

पश्चिम बंगालको खरसाङमा एक र्‍यालीलाई सम्बोधन गर्दै उनले भनिन्, ‘मलाई सेनाको वीरतामा गर्व छ तर सेनाको उपलब्धिलाई प्रयोग गरेर भोट माग्दिनँ, जुन प्रधानमन्त्री मोदीले गरेका छन् ।’ बीजेपीलाई लोकसभा चुनावमा सय सिट जित्न  पनिमुश्किल हुने भन्दै उनले क्षेत्रीय दलसँग मिलेर केन्द्रीय सरकार बनाउने पनि बताइन् । 

ज्योतिरादित्य सिन्धियालाई टिकट

कांग्रेसले शुक्रबार उम्मेदवारको नयाँ सूची जारी गर्दै ७ उम्मेदवारको नाम घोषणा गरेको छ । सूचीमा बिहार, जम्मू–काश्मीर, मध्य प्रदेश र पञ्जाबका लागि उम्मेदवारको नाम घोषणा गरिएको छ । 

सूचीका अनुसार, मध्य प्रदेशको गुना सिटमा ज्योतिरादित्य सिन्धिया र पञ्जाबको आनन्दपुर साहिब सिटमा पूर्व केन्द्रीय मन्त्री मनीष तिवारीलाई चुनावी मैदानमा उतारिएको छ । ज्याेतिरादित्य सिन्धिया मध्य प्रदेशका विधायकसमेत हुन् । युवा पुस्ताबीच निकै लाेकप्रिय रहेका उनलाई मध्य प्रदेशकाे मुख्यमन्त्रीका रुपमा हेरिएकाे थियाे । तर पछि कमलनाथलाई मध्य प्रदेशकाे मुख्यमन्त्री बनाइयाे । 

यसको अलावा बिहारको बाल्मीकीनगरमा शाश्वत केदार, जम्मू–कश्मीरको लद्दाखबाट रिगजिन स्पालबार, मध्य प्रदेशको विदिशा सिटमा शैलेन्द्र पटेल, राजगढमा मोना सुसतानी र पञ्जाबको संगरुरबाट केवल सिंह ढिल्लोलाई कांग्रेसले टिकट दिएको छ । 

‘आतंकवादी हमलामा राजनीतिक स्वार्थ देखिन्छ’

बीजेपी अध्यक्ष अमित शाहले शुक्रबार दन्तेवाडामा भएको आतंकवादी हमलामा बीजेपी विधायक भीमा मंडावीको निधन कुनै सामान्य कुरा नभएको बताएका छन् । उनले भने, ‘यो घटनामा राजनीतिक षड्यन्त्र छ ।’

अमित शाहले राजनान्दगांव जिल्लाको डोंगरगांवमा जनसभालाई सम्बोधन गर्दै भने, ‘मन्डावीकी पत्नीले यो घटनामा सीबीआई जाँचको माग गरेकी छिन्, यदि मुख्यमन्त्री भूपेश बघेल केही लुकाउन चाहँदैनन् भने उनले सीबीआईको जाँच गर्नुपर्छ ।’ 

          April 13, 2019 9:56 am | टप


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...