यूएईविरुद्ध नेपाल टस हारेर ब्याटिङ गर्दै, नेपाली टिममा हरिबहादुर चाैहानकाे डेब्यू
काठमाण्डौ – आईसीसी यू–१९ विश्वकपको एसिया छनोटमा नेपालले आज यूएईसँग प्रतिस्पर्धा गर्दैछ । आज पनि नेपाल टस हारेर पहिला ब्याटिङ गर्दैछ ।।आजको खेलबाट हरिबहादुर चौहानले डेब्यू गरेका छन् । सूर्य तामाङको स्थानमा हरिलाई डेब्यू गराइएको हो । अन्य खेलाडी भने परिवर्तन गरिएको छैन ।
नेपालले हिजो सिंगापुरलाई पराजित गरेको थियो । प्रतियोगिताको पहिलो खेलमा सिंगापुरलाई २१७ रनले हराएको नेपाल अंक तालिकाको शीर्ष स्थानमा रहेको छ । यता यूएईले पनि मलेसियालाई ५ विकेटले हराउँदै विजयी सुरुवात गरेको छ ।यो प्रतियोगिताका दुई बलिया टिम मानिएका नेपाल र यूएईविरुद्धको खेलले प्रतियोगिताको शीर्ष स्थानमा रहने टिमको बाटो तय गर्नेछ ।
नेपाली टिमका प्रशिक्षक विनोद दासले यूएईविरुद्धको खेल नेपालका लागि रियल टेष्ट हुने बताएका छन् । उनले सिंगापुरविरुद्ध जस्तो प्रदर्शन टिमले गर्यो त्यसको परीक्षण युएईविरुद्ध हुने बताए । हुन त नेपालले यो उमेर समूहमा सन् २०१३ यता हार्नुपरेको छैन । सन् २०१३ मा ७६ रनले पराजित भएको नेपालले त्यसपछिका लगातार चार खेलमा जीत निकाल्दै आएको छ ।
पछिल्लो पटक नेपाल र यूएईले अन्डर नाइन्टिन टिम युथ एसिया कपमा खेलेका थिए । जसमा नेपालले ६ रनले पराजित गरेको थियो । नेपालले त्यसबेला ७ विकेटको क्षतिमा २७४ रन बनाएको थियो । जवाफमा यूएई २६८ रनमा रोकिएको थियो ।
नेपाललाई आजको खेल पनि त्यो जितको लयलाई कायम राख्ने मौका हुनेछ । सिंगापुरविरुद्ध शतक बनाउनबाट चुकेका रोहित पौडेलको प्रदर्शन आजको खेलमा पनि महत्वपूर्ण हुनेछ । सिंगापुरको तुलनामा यूएईको बलिङ केही बलियो रहेकाले नेपालको ब्याटिङमा टेष्ट हुनेछ ।यो समाचार तयार पार्दासम्म नेपालले ६ ओभरमा १ विकेट गुमाउँदै ३९ रन बनाएको छ । नेपालले पवन शरार्फलाई गुमाएको हो । उनी १२ रन बनाउँदै आउट भएका हुन् ।
April 13, 2019 10:02 am | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
कुवेतमा यात्री समाजको देउसी -भैलो, दक्षिणा समाजसेवामा
संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी हुन ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव
प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार