मदिराः प्रत्येक दिन एक गिलास पिउँदा पनि मस्तिष्काघात हुन सक्छ
बीबीसी । सीमित मात्रामा प्रत्येक दिन मदिरा सेवन गर्नु स्वास्थ्यका लागि राम्रो हुन्छ भन्ने मान्यतालाई एउटा नयाँ अध्ययनले चुनौती दिएको छ।
ल्यान्सेट जर्नलमा प्रकाशित एउटा शोधका अनुसार दिनमा थोरै वा ठिक्क मात्रामा मादक पदार्थ सेवन गर्दा पनि रक्तचाप बढ्न सक्छ र त्यसले मस्तिष्काघात हुने सम्भावना बढाउँछ।
सो अध्ययनका लागि पाँच लाख चिनियाँहरूलाई १० वर्षसम्म नियालिएको थियो
। अनुसन्धानकर्ताहरूका अनुसार उक्त निष्कर्ष विश्वका सबै खाले मानिसहरूका लागि उपयुक्त छ।मदिराले मानिसमा कस्तो असर पार्छ भन्नेबारे यो निष्कर्ष सबैभन्दा राम्रो प्रमाण भएको उनीहरूले बताएका छन्।
अत्यधिक मात्रामा मदिरा सेवन गर्नु स्वास्थ्यका लागि हानिकारक भएको र त्यसले मस्तिष्काघातको सम्भावना बढाउने कुरामा विवाद थिएन। तर अन्य केही अध्ययनले भने कम मात्रामा नियमित मदिरा सेवन गर्नु शरीरका लागी राम्रो हुने निष्कर्ष निकालेका थिए।
त्यस्तै अन्य केही अध्ययनले भने कति सेवन गर्नु उचित हुन्छ नसकिने देखाएका थिए।अक्स्फर्ड विश्वविद्यालय, पेकिङ विश्वविद्यालय र चाइनिज अक्याडमी अफ मेडिकल साइन्सका अनुसन्धानकर्ताले के पत्ता लगाए भनेः
▪ प्रत्येक दिन (१४ ग्राम शुद्ध एल्कहल सेवन हुनेगरी) एउटा मदिरा सेवन गर्दा मस्तिष्काघातको सम्भावना १० देखि १५ प्रतिशतले बढ्छ
▪ दिनमा चारवटासम्म मदिरा सेवन गर्ने मानिसमा मस्तिष्काघातको सम्भावना ३५ प्रतिशत बढी हुन्छ
ब्रिटेनमा प्रत्येक एक सयमा १६ पुरुष र २० महिलालाई उनीहरूको जीवनकालमा एक पटक मस्तिष्काघात हुन्छ।
मदिरा सेवन नगर्ने एक सय जना मानिसले दिनको एक वा दुई गिलास सेवन गर्ने हो भने थप दुई पटक मस्तिष्काघात हुन सक्ने सम्भावना रहन्छ।
हल्का वा मध्यम मात्रामा मदिरा सेवन गर्दा मस्तिष्काघात हुनबाट जोगाउन सक्ने कुनै पनि तथ्य फेला नपरेको यो अध्ययनले देखाउँछ।
किन गरियो चीनमा अध्ययन?
मदिराको प्रभावबारे अध्ययन गर्न पूर्वी एशियाली मुलुक उपयुक्त मानिन्छ।
चिनियाँ मूलका मानिसहरूमा आनुवंशिक कारणले मदिराले बेफाइदा गर्छ। मदिरा सेवन गर्दा शरीरमा हुने प्रतिक्रियाले उनीहरू अस्वस्थ हुन्छन्।
त्यसैले चीनमा मदिरा सेवनको अनुपातमा ठूलो अन्तर छ। प्रत्येक तीन पुरुषमा एक जनाले मदिरा सेवन गर्दैनन् भने सेवन गर्ने महिलाको सङ्ख्या पनि निकै कम छ।
मदिरा सेवन गर्ने र नगर्नेहरूको स्वास्थ्य अवस्था र आनुवंशिक संरचनाको तुलना गर्दा मस्तिष्काघात हुनमा मदिराको भूमिकाको मूल्याङ्कन गर्न सकिने वैज्ञानिकरू बताउँछन्।
यसको अर्थ के हो?
अनुसन्धानकर्ताहरूका अनुसार उक्त अध्ययनको मुख्य सन्देश भनेको ठिक्क परिमाणमा मदिरा सेवन गर्दैमा मस्तिष्काघातको सम्भावना घट्दैन भन्ने हो।
अर्थात् प्रत्येक दिन कम मात्रामै मदिरा सेवन गर्दा पनि मस्तिष्काघात हुने सम्भावना बढ्छ।यसको प्रतिविम्ब ब्रिटेनले प्रकाशित गरेको मदिरासम्बन्धी निर्देशनमा पनि देख्न सकिन्छ। त्यसमा एक हप्तामा १४ वटा भन्दा बढी मदिरा सेवन नगर्न सल्लाह दिइएको छ
स्वास्थ्यसम्बन्धी जोखिम कम गर्न उक्त निर्देशनमा बेलाबेलामा मदिरा सेवन नगर्न पनि भनिएको छ।
April 13, 2019 10:39 am | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन