जहाज उडाइरहेका बेला पाइलटलाई हृदयघात, त्यसपछि के भयो?
एजेन्सी। एक विमान चालकले आफ्नो ज्यानलाई खोजिममा हालेर यात्रुको ज्यान बचाएका छन्। पाइलटको यो कामकालागि खुश प्रशंषा गरिएको छ। इंफालदेखि कोलकाता जाँदै गरेको इण्डिगो एयरलाईन्स विमानका चीफ पाइलट जहाज उडानका क्रममा हृदयघात भएको थियो। असैह्य पीडाका बापजूद पाइलटले जहाजलाई कोलकाताको नेताजी सुभाष चन्द्र बोस अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित अवतरण गरएका थिए।
यो घटना गत शनिबारको हो। ६३ वर्षीय क्याप्टेन सिल्वियो डियाज अकोस्टा कोलकाता ल्याण्ड गर्ने तयारी गरिरहेका थिए। त्यतिनै बेला उनको अचानक शरीरमा दुख्न सुरु भयो। उनको शरीरमा पसिना पनि आउन सुरु भयो। उनले यो कुरा आफ्ना पायलटलाई भने।
त्यसपछि सिल्वियोले आप्नो जिम्मेवारी सम्झँदै स्वयंलाई सम्हाले र आफ्ना को–पाइलटको सहयोगमा जहाजलाई सुरक्षित रुपमा अवतरण गराए। त्यसपछि उनलाई तत्काल मेडिकल युनिट लगियो। जहाँ ईसीजी रिपोर्टमा थाहा लाग्यो की उनको अवस्था गम्भीर छ।
डाक्टरले सिल्वियोको अवस्था निकै गम्भीर रहेको बताएका थिए। डाक्टरहरुले हृदयघाट भएपनि अकोस्टाले जुन बहादुरीले जहाज उडाए, त्यो कुनै चमत्कार भन्दा कम नभएको बताएका थिए। अहिले क्याप्टेनको अवस्था ठिक रहेको र उनलाई डाक्टरको निगरानीमा राखिएको भारतीय संचारमाध्यमले जनाएका छन्।
June 29, 2018 1:23 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेत – मगर सँघ कुवेतको पाँचौं ऐतिहासिक अधिवेशन १६ जनवरी २०२६, मा हुने भएको छ ।
निरेम प्रोडक्सनको आधिकारिक ब्यान्ड नेप्टोन ब्यान्ड (NepTone Band) को नयाँ गीत “अल्झेछु म” सार्वजनिक भएको छ
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
राउटे समुदायका युवायुवती प्राथमिक उपचारसम्बन्धी तालिममा सहभागी
ग्रिनल्याण्डलाई लिएर अमेरिका र युरोपबीच तनाव
निरम प्रोड्क्सन कुवेतको निरम सांगितिक उत्सवका लागी नेपालबाट आमन्त्रित गायक राजु लामा भोली बुधवार कुवेत आइपुग्ने
चुनाव निश्चित, दिल्ली दौडको अन्तर्य अनिश्चित
उदयपुर मिलिजुली समाज कुवेतद्वारा रक्तदान कार्यक्रम गर्दै :