अजिनोमोटोयुक्त खानेकुरा खाँदा मानव स्वास्थ्यका लागि यति ठुलो घात
सामान्य खाजाघरदेखि ठूला रेस्टुरेन्टसम्म खानेकुराको स्वाद बढाउन भन्दै ‘अजिनोमोटो’ प्रयोग गरिन्छ । सेतो मसला भनिने ‘अजिनोमोटो’ वर्षमा ४ हजार मेट्रिक टन सम्म आयात हुन्छ । चिकित्सकका अनुसार खानेकुरामा यसको प्रयोग स्वास्थ्यका दृष्टिले हानिकारक छ ।
हेर्दा टलक्क टल्किएका यी दाना खानेकुरालाई थप स्वादिलो बनाउन प्रयोग गरिने मोनोसोडियम ग्लुटामेट अजिनोमोटो हो । खानामा मिसाएपछि पग्लिने ‘अजिनोमोटो’ यस्तो केमिकल हो जसले जिब्रोको स्वाद लिने भागलाई सक्रिय बनाउँछ । खुद्रा पसलदेखि ठूला स्टोरसम्म सजिलै पाइने यो मोनोसोडियम ग्लुटामेट स्वास्थ्यको लागि भने अत्यन्त हानिकारक छ ।
अजिनोमोटोयुक्त खानेकुरा खाँदाः
-रगतमा ग्लुटामेटको स्तर बढ्छ, मुख्य अंगको कार्यक्षमता कमजोर बनाउँछ ।
-आँखाको रेटिनामा नोक्सान पु¥याउँछ, मस्तिष्कको न्यूरोन्समा असर गर्छ ।
-प्रजनन् क्षमता कमजोर बनाउँछ, गर्भवती र गर्भको बच्चाबीच खाद्य अपूर्तीमा अवरोध पैदा गर्छ ।
-शरीरमा सोडियमको मात्रासँगै ब्लड प्रेसर पनि बढ्छ ।
-क्यान्सरको जोखिम बढाउछ ।
यस्तै, ‘अजिनोमोटो’ले अधिक भोजन रोक्न मस्तिष्कलाई संकेत गर्ने शरीरमा रहेको लेप्टिन हर्मोनलाई कमजोर बनाउँछ । त्यसैले ‘अजिनोमोटो’ हालेको खाना जत्ति खाए पनि अघाएको जस्तो लाग्दैन ।
भारत, पाकिस्तान, युरोपका केहीसहित विश्वका करिब ५० देशमा स्वास्थ्यका लागि घातक ‘अजिनोमोटो’को प्रयोग बर्जित छ । तर, नेपालमा अत्यधिक आयात भैरहेको छ । भन्सार विभागको तथ्यांकअनुसार गत आर्थिक बर्षमा ४ लाख ८४ हजार केजी अजिनोमोटो आयात भएको छ ।
नेपालजस्तो सानो मुलुकमा यति धेरै मनोसोडिएम आयात हुनुले केहि बर्षपछि क्यान्सर रोग भयाभह हुन सक्ने चिकित्सक औंल्याउँछन् । बाइट ःडा समिर शर्मा, क्यान्सर रोग विशेषज्ञ
एकातिर घरको भान्सादेखि होटेलसम्म प्रयोग गर्न ‘अजिनोमोटो’को माग बढिरहेको छ भने अर्कातिर उपभोक्ता घातक हुने÷नहुनेबारे ज्ञान नै नभएको बताउँछन् । कतिलाई त खानामा प्रयोग गरिन्छ भन्ने ज्ञानसमेत छैन ।
नेपालमा अजिनोमोटो अत्यधिक प्रयोग हुने खाजा मम र चाउमिन हो । हामी पुग्दा एक मम सेन्टरमा अत्यधिक ‘अजिनिमोटो’ प्रयोग गरिँदै थियो । पकाउदा मिसाइने मात्र होइन प्याकेट बन्द चाउचाउ, चिप्स, फास्टफुडमा पनि अजिनोमोटोको प्रयोग गरिन्छ । मन्द बिषको काम गर्ने ‘अजिनोमोटो’को प्रयोगमा सचेत हुन आवश्यक छ ।
April 17, 2019 12:54 pm | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
यात्री समाज कुवेतद्वारा शिक्षामा सहयोग ,शैक्षिक सामग्री वितरण
मतदाताको गोपनीयता भङ्ग नगर्न झापा प्रशासनको आग्रह
चलचित्र पत्रकार दिनेश सिटौलाको निधन