विप्लव निकट किसान संघका जिल्ला अध्यक्ष पक्राउ
7 years अगाडी
Susma Dhakal
पाल्पा – प्रतिबन्धित विप्लव नेतृत्वको नेकपा निकट किसान संघ पाल्पाका अध्यक्ष पक्राउ परेका छन् ।
तानसेन नगरपालिका – ८ मदनपोखरा निवासी टोपराज बस्याललाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका बस्याल विप्लव नेतृत्वको पार्टी नेकपाका जिल्ला सदस्य तथा किसान संघका केन्द्रीय समस्य समेत रहेको प्रहरीले जनाएको छ ।
बिहीबार बिहानै रिब्दीकोट गाउँपालिकाको भवनमा बम विस्फोट भएपछि उनलाई प्रहरीले पक्राउ गरेको स्थानीयले जनाएका छन् ।
गएको शुक्रबार पनि विप्लव नेतृत्वको नेकपा निकट शिक्षक संगठन, पाल्पाका अध्यक्ष विजय बुढामगरलाई जिल्ला प्रहरी कार्यालय पाल्पाले पक्राउ गरेको थियो । बुढामगरमाथि पनि अनुसन्धान भैरहेको प्रहरीको भनाइ छ ।
April 18, 2019 2:52 pm | राजनीति
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
कुवेतमा यात्री समाजको देउसी -भैलो, दक्षिणा समाजसेवामा
संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी हुन ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव
प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार
Loading...