मध्य गर्मीको बेला सातु खाने परम्परा: जौंको सातु
मध्य गर्मीको बेला हामीकहाँ सातु खाने परम्परा छ । खासगरी जौको सातु । यससँगै सख्खरको सर्वत पनि । अहिले हामी एक दिन जौको सातु र सख्खरको सर्वत खाएर कर्मकाण्ड पुरा गर्छौं । वैशाख शुक्ल तृतीयाका दिन जौको सातु खाने धार्मिक परम्परा छ ।
यद्यपी एक दिन जौको सातु र सख्खरको सर्वत सेवन गरेर हुँदैन । हाम्रा पितापूर्खाले यसलाई धर्म-संस्कारको रुपमा यसकारण जोडिदिए कि, जसलाई पुस्तौ-पुस्ताले निरन्तरता दियोस् । हामीले चाहि के बुझ्यौं भने धर्म-परम्परा निर्वाह गर्नका लागि एक दिन जौको सातु खाए पुग्छ । जबकी यसको आर्युवेदिक महत्व एवं स्वास्थ्य लाभबारे हामीले बुझेनौ । बुझ्ने उत्सकुता देखाएनौ ।
मौसमी खाना
हाम्रा पितापूर्खाले मौसम अनुकुल खानेकुराको पहिचान र विकास गरे । वास्तवमा यो एक खोज र अनुसन्धान थियो । गर्मी याममा कस्ता खानेकुरा खाने ? त्यसले शरीरलाई कुन किसिमको प्रभाव पार्छ ?
उनीहरुले खोज गरेको यी खानपानलाई संस्कारको रुपमा विकास गरिदिए । तर, हामीले संस्कारलाई ‘पुरातन सोंच र शैली’ भनेर बेवास्ता गर्दै आएका छौ । जबकी हरेक संस्कारसँग जोडिएर आउने खानपान, विधी-विधान आदि निकै वैज्ञानिक र अर्थपूर्ण छ । जस्तो गर्मीमा किन जौको सातु खाने भन्ने कुराको पनि खास महत्व छ ।
कुनैपनि मौसम अनुसार हामीले आफ्नो खानपान शैली बदल्नुपर्छ । सबै मौसममा उस्तै खानेकुरा शरीरले रुचाउँदैन । शरीर र बाहिरी मौसमको तालमेल मिलाउने हिसाबले हामीले त्यही अनुसारको खानपान गर्नुपर्छ ।
गर्मीमा हामीले त्यस्तै खानेकुरा सेवन गर्नुपर्छ, जसले शरीरलाई सितलता प्रदान गर्छ । जाडो याममा खाइने खानेकुराले शरीरको तापमान सन्तुलन राख्नुपर्छ । यसैगरी वषर्ायाममा पनि खानपान शैली बदल्नुपर्छ ।
गर्मीमा सातु
गर्मी याममा शरीरमा पानीको मात्रा पर्याप्त हुनुपर्छ । यतिबेला शरीरलाई हाइड्रेड राख्न सक्नुपर्छ । यसका लागि उपयोगी हुन्छ, जौको सातु ।
जौको सातुले शरीरलाई हाइड्रेट राख्ने मात्र होइन, पेटलाई सितल पनि बनाउँछ । तराई क्षेत्रमा लूबाट बच्न पनि सातु उपयोगी हुन्छ । किनभने जौको सातुले शरीरलाई सीतल बनाइराख्छ ।
शरीरको विकार हटाउन
सातुलाई पानीमा घोलेर सेवन गर्दा निकै फाइदा गर्छ । यसले शरीरमा रहेकोल विषाक्त तत्व पिसाबको माध्यामबाट बाहिर निकाल्छ । साथसाथै यसले मिर्गौलालाई पनि शुद्धिकरण गर्छ ।
जोर्नीको दुखाई कम गर्ने
सातुमा एन्टि इन्फ्लाइमेन्ट्री गुण हुन्छ, जसले जोर्नीको दुखाईबाट छुटकारा दिलाउँछ । यदि तपाईं जोर्नीको समस्याले ग्रस्त हुनुहुन्छ भने पनि दैनिक जौंमा पानी घोलेर सेवन गर्न सक्नुहुन्छ ।
फाइबरले भरिपूर्ण
जौको सातु फाइबरले भरिपूर्ण हुन्छ । यसको सेवनले पाचन यन्त्रलाई बलियो र सफा राख्छ । कब्जियतको समस्या पनि हुन दिदैन ।
मधुमेह रोगीका लागि बढी लाभदायक
जौको सातुमा बीटा ग्लूकेन नामक तत्व हुन्छ, जसले शरीरमा ग्लुकोज अवशोषित गर्छ र ब्लड शुगरको मात्रा सन्तुलित राख्छ ।
मिर्गौंलाको समस्यामा
मिर्गौलामा पत्थरी भएमा यसबाट छुटकारा पाउनका लागि जौको सातु रामबाण उपचार हो । एक गिलास पानीमा सातु मिश्रण गरेर नियिमत सेवन गर्दा मिर्गौलाको पत्थरी हट्छ ।
एनिमियाको समस्याबाट मुक्त
शरीरमा रगतको कमी भएमा एनिमिया हुन्छ । यस्तो अवस्थामा पनि जौको सातु लाभदायक हुन्छ ।
भोक मेट्ने
हामीलाई कहिले काहीँ भोक लागेको अनुभव हुन्छ । वास्तविक भोक भने होइन । यसरी भोक लागेको महसुष हुनसाथ हामी केही न केही खान्छौं, जसले मोटोपन बढ्छ । अतः जौको सातु खाने हो भने यसरी भोक लागेको महसुष हुँदैन ।
प्रोटिनको स्रोत
सातु प्रोटिनको पनि स्रोत हो । सातुले खासगरी पेटको समस्यालाई पनि कम गर्छ । कलेजोलाई बलियो बनाउँछ ।
आयुर्वेदिक महत्व
जौको सातु एक प्राकृतिक औषधी पनि हो । जौको गुणबारे आयुर्वेदमा उल्लेख छ । आयुर्वेदमा यसलाई टर्रो, केही मधुर र नरम भनी उल्लेख गरिएको छ । यसले कण्ठरोग, चर्मरोग, सास एवं कफ रोगमा फाइदा गर्ने बताइन्छ ।
April 19, 2019 3:00 pm | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
यात्री समाज कुवेतद्वारा शिक्षामा सहयोग ,शैक्षिक सामग्री वितरण
मतदाताको गोपनीयता भङ्ग नगर्न झापा प्रशासनको आग्रह
चलचित्र पत्रकार दिनेश सिटौलाको निधन