श्रीमतीले हैरान पारेपछि अर्को जन्ममा यस्ती श्रीमती नपरोस् भनी श्रीमानले गरे यस्तो
एजेन्सी। श्रीमान् श्रमितीको सम्बन्ध सबैभन्दा नजिकको मानिन्छ । यद्यपि यो सम्बन्धमा पनि विभिन्न समस्याहरु आउँछन् र सम्बन्धविच्छेद नै हुने गरेका घटनाहरु हामीले देख्ने गरेका छौं । तर, श्रीमतीबाट दिक्क भएका श्रीमान्ले अर्को जन्ममा यस्ती श्रीमती नपरोस् भन्नका लागि वटसावित्री पुजा गरेका छन् । सामान्यतया वटसावित्री पूजा पतिको लामो आयु, सुख समृद्धिको लागि गरिने भए पनि यी व्यक्तिले भने पत्नीबाट छुटकारा पाउनको लागि यो ब्रत गरेका हुन् ।
यो विचित्र घटना भारतको कर्नाटक राज्यको हो । हिन्दू संस्कृतिमा सामान्यतया विवाहित महिलाले अर्को जन्ममा यस जन्मकै पति प्राप्त होउन् भनी यो ब्रत गर्ने गर्छन् । यो ब्रत ज्येष्ट शुक्लपक्षको पूर्णिमाका दिन गरिन्छ । शशिधर रामचन्द्र कोर्पाडे नामका यी व्यक्तिले पनि यही शुभ दिनमा ब्रत गरे तर अर्को जन्ममा उनै पत्नी पाउनको लागि नभइ अर्को जन्ममा उही पत्नी नपरोस् भन्नका लागि ।
कर्नाटकमा बेलागवीमा बस्ने यी व्यक्तिले पत्नी पीडित व्यक्तिहरुको लागि एक सेन्टर पनि चलाउँछन् । शशिधरका अनुसार उनी आफ्नी पत्नीबाट दिक्क भइसकेका छन् र उनीबाट छुटकारा पाउन चाहन्छन् । उनका अनुसार उनकी पत्नीले उनी र उनको परिवारलाई दाइजोको झुटो केसमा फसाएकी छिन् । अर्को जन्ममा उनी बिहे नगरी जीवन बिताउन सक्छन् तर यस्ती पत्नी चाहिँदैन । उनले कसरी पूजा गरे जान्न हेर्नुहोस् भिडियो ।
June 30, 2018 12:03 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको १४१औँ जन्म जयन्ती मनाईयो
कुवेतमा राजु लामाको साथमा ‘Nirem Musical Fest २०२६’ ९ जनवरीमा मनाउदै
विदेशमा रहेका नेपालीलाई मताधिकार दिन ४ वटा कानून संशोधन गर्नुपर्ने
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा