दाह्री पाल्नेहरुमा भुस्या कुकुरमा भन्दा पनि धेरै किटाणु !
काठमाडौं । अहिले बढ्दो व्यस्तताको कारणले गर्दा दाह्री एक फेसनको रुपमा आएको छ । दाह्री विगतमा हेर्ने हो भने जो धेरै व्यस्त थिए उनिहरुसँग भएको पाइन्छ । विभिन्न वैज्ञानिक, दार्शनिक लगायत अन्य व्यक्तिहरु जो अत्यन्तै व्यस्त हुन्छन उनीहरुले दाह्री पालेको अनुमान गरिएको छ ।
तर, अहिले दाह्री एक प्रकारको फेसन नै भएको छ । यो बिचमा दाह्री पाल्नेहरुका लागि दुःखद खबर आएको छ । दाह्री पाल्दा केही फोहोरी देखिन्छ भन्ने टिप्पणीहरु पनि हुने गर्छन् । पुरुषहरु युनिक देखिन वा आफनो स्टायललाई मेन्टेन गर्न पनि दाह्री पाल्ने गर्छन् । तर दाह्री पाल्नेहरुका लागि भने एक पटक सोच्नै पर्ने अवस्था आएको छ ।
हालै बैज्ञानिकहरुले कुकुरमा भन्दा दाह्री पाल्ने मानिसहरुमा धेरै हानिकारक किटाणु तथा जीवाणुहरु हुने गरेको निश्कर्ष निकालेका छन् । बैज्ञानिकहरुले कुकुरको शरीर र मानिसको दाह्री कुनमा बढी हानिकारक किटाणु हुन्छ भनेर गरेको अध्ययनमा यस्ता तथ्य पत्ता लगाएका हुन् । अध्ययनमा समावेश प्रत्येक मानिसको दाह्रीमा जीवाणु भेटिएको थियो । त्यसमध्ये आधा जीवाणु मानव स्वास्थ्यका लागि किटनाशक र हानिकारक भएको पाईएको छ ।
जबकी कुकुरहरुमा मानिसको दाह्रीमा हुने खतरनाक जीवाणुभन्दा कम संख्यामा भेटिएको उल्लेख छ । स्वीजरल्यान्ड हिर्सल्यान्डेन क्लिनिकका प्राध्यापक आन्द्रेस गटजेट र उनको टिमले १८ मानिस र ३० कुकुरमा यस किसिमको अध्ययन गरेका थिए । जहाँ १८ देखि ७६ वर्ष उमेर समुहका दाह्री पालेका मानिसहरुमाथि अध्ययन गरिएको थियो । तर यो अध्यनमा भनिएका कुराहरु सबै सत्य नै हुन वा होईनन् त्यो हामी दावा गर्न सक्दैनौ यो समाचार पुर्ण रुपमा त्यो अध्यनमा आधारित हो । एजेन्सी
April 25, 2019 11:50 am | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन