एएफसी यू–१९ महिला च्याम्पियनसिप छनोट : बलियो टोली अष्ट्रेलियासँग आज नेपालले खेल्ने
एएफसी यू–१९ महिला च्याम्पियनसिप छनोट अन्तर्गत दोस्रो चरणको पहिलो खेलमा नेपालले शुक्रबार अष्ट्रेलियासँग प्रतिस्पर्धा गर्दैछ म्यानमारको मण्डलेस्थित मण्डलर थिरी स्टेडियममा नेपाल र अष्ट्रेलियाबीचको खेल नेपाली समय अनुसार सवा तीन बजेदेखि सुरु हुनेछ ।
प्रतियाेगिता कै सर्वाधिक बलियो टोली अष्ट्रेलियाविरुद्ध नेपालकाे लक्ष्य बराबरीमा राेक्नु नै हुनेछ । तर त्याे लक्ष्य नेपालका लागि सजिलाे भने छैन । चीनमा एक साता अभ्यास गरेको नेपाली टोली उच्च मनोबलका साथ मैदान उत्रने छ । चीनको सिचुवानमा अभ्यास गरेको नेपालले चीनको यू-१५ महिला टोली र छन्दु प्रान्तको यू-१८ टोलीसंग अभ्यास खेल समेत खेलेको थियो ।
अष्ट्रेलिया नेपाललाई पराजित गर्दै प्रतियोगितामा सुखद् सुरुवात गर्न चाहन्छ । यस समूहमा अष्ट्रेलियालाई उपाधि दाबेदार मानिएको छ । छनोटमा अष्ट्रेलियापछि नेपालले अप्रिल २८ मा उज्वेकिस्तान र ३० अप्रिलमा म्यानमारसँग खेल्नेछ । छनोटको शीर्ष टोलीले एएफसी यू-१९ च्याम्पियनसिपमा स्थान बनाउने छन् ।
April 26, 2019 9:56 am | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
यात्री समाज कुवेतद्वारा शिक्षामा सहयोग ,शैक्षिक सामग्री वितरण
मतदाताको गोपनीयता भङ्ग नगर्न झापा प्रशासनको आग्रह
चलचित्र पत्रकार दिनेश सिटौलाको निधन