Tuesday 29th July 2025

यो सब्जी खान जान्यो भने हृदयघातदेखि लिएर अन्य थुप्रै रोग चैट !

6 years अगाडी

काठमाडौ । हाम्रो घर खेतमा पाइने यस्ता धेरै कुराहरु जसलाई खान जान्यो भने हामीलाई धेरै फाइदा पुग्छ । यस्तै, सलगम एक यस्तो सब्जी हो जो खानामा धेरै स्वादिस्ट लाग्छ । शलगम को सब्जी पोषक तत्वले भरिपुर्ण हुन्छ । भिटामिन ए सी ले भरपुर यसको हरियो पात सलाद को रुपमा पनि खाइन्छ । यसमा कम क्यालोरी हुन्छ, जसले गर्दा सरिर को तौल घटाउन चाहने हरुको लागि पनि यो एक उत्तम विकल्प हो ।

फाइबरले भरिपुर्ण यो साब्जी पाचन प्रक्रियालाई राम्रो गर्नु को साथै लामो समय देखिको कब्जियत जस्तो गम्भीर समस्याबाट बचाउन मा पनि महत्वपुर्ण सहयोगी भूमिका खेल्दछ । यदि तपाइले सलगमको सब्जिलाई खानामा सामेल गर्नु भयो भने यसले हार्ट अटेक जस्तो गम्भीर समस्याबाट मुक्त गर्द्छ ।

सलगममा फाइबर भरपुर मात्रामा हुन्छ जसले गर्दा यो दिशा गर्न ठुलो सहयोग गर्छ । यदि तपाई कब्जियतको समस्या बाट पिडित हुनुहुन्छ, भने यसको सब्जी अवस्य खानुहोस । त्यसैले इमुनिटी पावरलाई मजबुत बनाउने हो भने तपाई सलागमको सब्जी प्रयोग गर्न सक्नु हुनेछ । यदि तपाई बारम्बार खोकी तथा ज्वरो बाट पिडित हुनुहुन्छ भने सलागमलाई आफ्नो खानामा समाबेस गर्नुहोस यसबाट अवस्य फाइदा मिल्नेछ ।

पोषक तत्व र फ़्लेवोनोइदस ले भरिपुर्ण यो सब्जीले तपाईलाई सधै सधै स्वस्थ राख्दछ । हड्डी बलियो बनाइ मुटुको लागि उत्तम विकल्प हो सलगम। भिटामिन र पोटासियम बाहेक सलगम क्याल्सियम को लागि पनि एक उत्तम श्रोत हो , जसले हड्डीको स्वास्थ्यलाइ अझ मजबुत गर्न मा मद्दत गर्दछ । खराब कोलेस्ट्रोल कम गर्नमा पनि सलगम राम बाण साबित छ । सलगम मा पित्त या बाईल को सोस्न सक्ने अधिक क्षमता हुन्छ जसले शरीरमा भएको खराब कोलेस्ट्रोल को लेबल कम गर्नमा मदत पुग्दछ ।

यस्तै, सब्जिले मुटु रोगको खतराको कम गर्न मा धेरै ठुलो सहयोग गर्दछ । यदि उच्च रक्तचाप लाई कम गर्नुछ भने तपाई सलगम लाई खान सक्नु हुने छ । एक अध्ययनका अनुसार सलगम मा पोटासियामको मात्रा अत्यधिक हुन्छ जसको कारणले धमनी फैलाउन र शरीरबाट सोदियामको अधिक मात्रालाई घटाउन ठुलो मद्दत गर्छ ।

          April 26, 2019 10:53 am | स्वास्थ्य


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...