एसीसी यू–१६ इस्टर्न रिजन च्याम्पियनसिप : हङकङले दियाे नेपाललाई ८७ रनको लक्ष्य
एसीसी यू–१६ इस्टर्न रिजन च्याम्पियनसिपकाे सेमिफाइनलमा नेपालले हङकङबाट ८७ रनको लक्ष्य पाएको छ । थाइल्याण्डको प्रेम तिन्सुलानान्डा अन्तर्राष्ट्रिय स्कुलको मैदानमा भएको खेलमा हङकङ ३२ ओभर २ बलमा ८६ रनमा अलआउट भयो । उसका एक खेलाडीले मात्र दोहोरो अंक छुन सके ।
नेपालले हङकङको खाता नखुल्दै पहिलो विकेट लियो । उसका जगराज सिंह शून्य रनमा नै आउट भए । त्यसपछि ८ रन हुँदा नेपालले दोस्रो सफलता हात पार्यो । उसका लुकास गाब्रियलले एक रन मात्र बनाउन सके ।
हङकङको विकेट झर्ने क्रम यतिमा रोकिएन । उसको स्कोर ३१ रन हुँदा ब्रिज सियोपुरी ८ रनमा पेभेलियन फर्किए । त्यसपछि हंङकंङले स्कोरबोर्डमा अरु एक रन थप्दा चौथो विकेट खेर फाल्यो । उसका मोहम्मद जाहिर खाता खोल्न नपाउँदै आउट भए ।
त्यसपछि हङकङको स्कोर ५९ रन हुँदा नेपालले पाँचौ विकेट लियो । उसका रौनक कपुर मात्र चार रनमा आउट भए ।
त्यसपछि हङकङले स्कोरबोर्डमा ६६ रन बनाउदा ६ विकेट खेर गयो । उसका अहान त्रिवेदी ५ रनमा रनआउट भए । त्यसको लगत्तै नेपालले हङकङको सातौ विकेट लियो । उसका वाहिद मोहम्मदले खाता खोल्न नपाउदै आउट भए । एकपछि अर्को विकेट गुमाएको हङकङको स्कोर ८३ रन हुँदा आठौं विकेट गयो । मुद्दसार खान मुहम्मद चार रनमा आउट भए ।
त्यसको लगत्तै कुनाल सुनिल पनि एक रनमा आउट भएपछि नेपालले नवौ सफलता हात पार्यो । अन्ततः हङकङ ८६ रनमा अलआउट भयो । नेपालले २० अतिरिक्त रन दिएको थियो । बलिङमा नेपालका निखिल कुमार सिंहले चार तथा रमेश कुर्मी र विशालकुमा पटेलले दुई दुई विकेट हात पारे ।
April 27, 2019 12:22 pm | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :