पाल्पामा बेहुली लिएर फर्किदै गरेको जिप दुर्घटना ५ जनाको मृत्यु (नामावली सहित)
पाल्पा । पाल्पामा जन्ती बोकेको जीप दुर्घटना हुदाँ ५ जनाको मृत्यु भएको छ सोमबार निस्दी गाउँपालिका वडा नं ७ भिरपानीबाट हुवास जाँदै गरेको लु १ ज १९४१ नम्बरको जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।
मृत्यु हुनेमा निस्दी गाउँपालिका ७ चारघरेका ४६ वर्षीय खड्क बहादुर सोमै, सोही ठाउँका ५६ वर्षीय देबिलाल खन्गाहा, ४६ वर्षीय लाल बहादुर सारु, ५८ वर्षीय सन्त बहादुर सारु र बतन नखुलेको चालक बुद्धिबल सोती रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।
जीप अनियन्त्रित भइ सडकबाट ३ सय ५० मिटर तल खसेको छ। जीपमा सबार ६ जना मध्ये ५ जनाको घटनास्थलमै मृत्यु भएको जनाइएको छ। जीपमा सबार १ जना भने सकुशल रहेको प्रहरी चौकी रुप्सेभञ्ज्याङ पाल्पा, इलाका प्रहरी कार्यालय रामपुर र जिल्ला प्रहरी कार्यालय पाल्पाबाट उद्धारका लागि खटेको टोलीले जानकारी दिएको छ।

प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :